Wednesday, May 15Nepal News Portal
Shadow

राजनीति

एमालेका सचिव रायमाझीलाई पक्राउ गर्ने प्रहरीको तयारी कस्तो छ ?

एमालेका सचिव रायमाझीलाई पक्राउ गर्ने प्रहरीको तयारी कस्तो छ ?

राजनीति, समाचार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुझिएका पूर्व उर्जामन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न प्रहरीले तयारी गरेको छ । काठमाडौं जिल्ला अदालतले बुधबार पक्राउ पुर्जी जारी गरेपछि उनलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । काठमाडौंमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली रायमाझीलाई पक्राउ गर्ने तयारीमा रहेको छ । हाल गृहजिल्ला अर्घाखाँचीमा रहेका नेता रायमाझी बुधबार नै काठमाडौं आउने तयारीमा रहेको भए पनि आफूसहित छोरा सन्दीपका विरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि उनी रोकिएका थिए । उनका छोरालाई भने बुधबार नै प्रहरीले पक्राउ गरेको छ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले रायमाझी बाबुछोराको संलग्नता रहेको बताएपछि उनीहरु अफ्ठेरोमा पर...
बालेन शाहको टिप्पणी : ‘नयाँ, पुराना सबै नेता चोर हुन्’

बालेन शाहको टिप्पणी : ‘नयाँ, पुराना सबै नेता चोर हुन्’

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेनले शाह नेताहररूलाई चोर भन्दै आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट लेख्दै बालेनले नयाँ–पूराना सबै नेताहररू चोर भएको आरोप लगाएका हुन् । बालेनले फेसबुकमा पोष्ट भएको उक्त स्टाटसमार्फत कसैलाई पनि देशको माया नभएको भन्ने देखिन्छ । उनले लेखेका छन्, ‘नयाँ पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन ।’...
चितवन–२ मा रवि लामिछाने विजयी

चितवन–२ मा रवि लामिछाने विजयी

ब्यानर, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ४२ हजार ९६२ मतान्तरले विजयी भएका छन् । सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार लामिछाने ५४ हजार १७६ मत ल्याएर विजयी भएका हुन् । नेकपा ९एमाले०का उमेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मतसहित तेस्रो स्थानमा रहे । गएको मंसिर ४ गते भएको निर्वाचनमा यहाँबाट लामिछाने नै निर्वाचित भएका थिए । नागरिकता प्रकरणमा उनले पद गुमाएपछि रिक्त स्थानका लागि उपनिर्वाचन भएको हो । गएको आइतबार भएको मतदानमा यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो । चितवन–२ मा २२ उमेदवार प्रतिस्पर्धामा थिए ।...
 यो मत मुलुकको मुहार फेर्नका लागि हो: डा. स्वर्णिम वाग्ले

 यो मत मुलुकको मुहार फेर्नका लागि हो: डा. स्वर्णिम वाग्ले

राजनीति, समाचार
काठमाडौं । तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका डा. स्वर्णिम वाग्लेले आफूले पाएको मत मुलुकको मुहार फेर्नका लागि भएको बताएका छन् । निर्वाचित घोषणा भएपछि मतदातालाई डा. स्वर्णिम वाग्लेले सामाजिक सञ्जालबाट धन्यवाद दिदै उनले आफूलाई आएको मत केका लागि हो भन्नेमा सचेत रहेको उल्लेख गरेका छन् । “यहाँहरूले म प्रति प्रकट गर्नु भएको र मतदान गर्नु भएको प्रत्येक मतको मूल्य, महत्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु । र, तपाईँहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु,” डा. वाग्लेले भनेका छन्, “यी मतहरू तपाईँहरूले मलाईभन्दा पनि तनहुँ क्षेत्र नम्बर १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आसयका साथ मैले बुझेको छु ।”...
चितवन २ मा मतगनणा सुरु

चितवन २ मा मतगनणा सुरु

राजनीति, समाचार
काठमाडौं । चितवन निर्वाचन क्षेत्र २ मा मतगनणा सुरु भएको छ । सोमबार विहान बसेको सर्बदलिय बैठकले दिउँसो १ बजेदेखि मतगनणा सुरु गर्ने भएतापनि २ बजेपछि मात्रै मतगनणा सुरु भएको हो । मतगनणास्थल भरतपुरको उद्योग संघ प्रदर्शनी केन्द्रमा इच्छाकामना गाउँपालिकाको वडा १ र ३ बाट मतगनणा सुरु भएको हो । उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने, नेपाली काँग्रेसका उम्मेदवार जितनारायण्न श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने प्रतिष्पर्धी उम्मेदवार रहेका छन् ।...
खस्कदो अर्थतन्त्र सुधारको जिम्मा डा.प्रकाशशरण महतलाई

खस्कदो अर्थतन्त्र सुधारको जिम्मा डा.प्रकाशशरण महतलाई

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नुवाकोटबाट निर्वाचन हारेका डा. महतलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका थिए । त्यो बेला कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको विरोध भए पनि गिरिजाप्रसाद कोइरालाले डा. रामशरण महतलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए । डा. रामशरण महत हालसम्मकै बढी अर्थमन्त्री बन्ने नेतामा पर्छन् । हाल देशको अर्थतन्त्र समस्यामा छ । पार्टीभित्र आफ्नै समूहको विरोधका बाबजुद कांग्रेस सभापति शेरबहादुर देउवाले डा. प्रकाशशरण महतलाई पुष्पकमल दाहाल प्रचण्ड सरकारमा अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । डा. प्रकाशरण महत मन्त्री भएर सिंहदरबारको यात्रा प्रवेश गरेको यो चौथो पटक हो । यसअघि परराष्ट्र, ऊर्जा तथा परराष्ट्रराज्य मन्त्री बनिसकेका छन् । प्रतिनिधिसभा निर्वाचनमा पहिलो नम्बरमा समानुपातिक सांसद बनेका उनी अहिलेसम्म समानुपातिकतर्फमात्रै सांसद भएका छन्...
तथ्यांकको गुणस्तर अभिवृद्धि गर्न जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

तथ्यांकको गुणस्तर अभिवृद्धि गर्न जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

प्रमुख समाचार, ब्यानर, राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमित रुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय जनगणना २०७८ को औपचारिक घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघ, प्रदेश र स्थानीय तहमा उत्पादन हुने सबै विषयका तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमति रुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले सरकारले तथ्यांक प्रणालीको सुदृढीकरण तथा एकीकृत तथ्यांक पद्धतिको निर्माण गर्ने उद्देश्यले हालै जारी गरेको तथ्यांक ऐन, २०७९ को कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री प्रचण्डले जनगणनाबाट उपलब्ध तथ्यांकले सुशासनको अभिवृद्धि, दिगो विकास लक्ष्य तथा जनसंख्या विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालले गरेका प्रतिवद्धतालगायत अन्य राष्ट्रिय विकासका लक्ष्यह...
प्रधानमन्त्री दाहाल आज विश्वासको मत लिँदै

प्रधानमन्त्री दाहाल आज विश्वासको मत लिँदै

प्रमुख समाचार, बागमती प्रदेश, राजनीति
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार (आज) प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । प्रचण्डलाई १० दलीय गठबन्धनमा रहेकानेकपा माओवादी केन्द्रसहितनेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आमजनता पार्टीलेविश्वासको मत दिने निश्चित छ। कांग्रेस, एकीकृत समाजवादी र रास्वपाले आइतबार नै प्रचण्डलाई विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेको छ । कांग्रेसका ८६ सांसद, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जसपाका १३, नेकपा एकीकृत समाजवादीका १०, लोकतान्त्रिक समाजवादी पार्टीका चार, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका चार र स्वतन्त्र सांसद दुई...
रामसहायप्रसाद उपराष्ट्रपतिमा निर्वाचित

रामसहायप्रसाद उपराष्ट्रपतिमा निर्वाचित

प्रमुख समाचार, राजनीति
काठमाण्डौं । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदै

उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदै

राजनीति, समाचार
काठमाडौं । उपराष्ट्रपति पदका लागि आज (चैत ३ गते) निर्वाचन हुँदैछ। सो पदका लागि ३ जना उम्मेदवारबीच प्रतिस्पर्धामा छन्। उपराष्ट्रपतिका लागि नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी, नेपालबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा बीच प्रतिस्पर्धा हुँदैछ। उपराष्ट्रपतिको निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारीले फिर्ता लिएपछि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको हो।...