काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार (आज) प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।
प्रचण्डलाई १० दलीय गठबन्धनमा रहेकानेकपा माओवादी केन्द्रसहितनेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आमजनता पार्टीलेविश्वासको मत दिने निश्चित छ। कांग्रेस, एकीकृत समाजवादी र रास्वपाले आइतबार नै प्रचण्डलाई विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेको छ ।
कांग्रेसका ८६ सांसद, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जसपाका १३, नेकपा एकीकृत समाजवादीका १०, लोकतान्त्रिक समाजवादी पार्टीका चार, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका चार र स्वतन्त्र सांसद दुई र आमजनता पार्टीका एक र जनमोर्चाका एक जना सांसद रहेका छन् ।