Saturday, May 18Nepal News Portal
Shadow

माघमा ब्याजदर घटाउने बैंकर्स संघको निर्णय


काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले माघमा ब्याजदर घटाउने निर्णय गरेको छ । बुधबार साँझ सम्पन्न विशेष साधारणसभामा उपस्थित बैंकरहरूले छलफल गरी ब्याजदर घटाउने निर्णय गरेका हुन् । घटेको ब्याजदर माघ १ गतेदेखि लागू हुनेछ ।

माघ महिनाका वाणिज्य बैंकहरूले निक्षेपमा ११ प्रतिशत ब्याज लिने भद्र सहमति भएको बैंकर्स संघका उपाध्यक्ष तथा माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बताए । अहिले वाणिज्य बैंकहरूले १२.१३३ प्रतिशतल ब्याद दिँदै आएका थिए ।

हालको ब्याजदरमा १.१३ प्रतिशत विन्दुले ब्याजदर घटेर ११ प्रतिशत कायम हुने बताइएको छ।

Total Page Visits: 225 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्