Sunday, May 5Nepal News Portal
Shadow

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई


काठमाडौं । नेकपा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । पाँच दलीय गठबन्धनबाट उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख अधिकारीले सरकार गठन आह्वान गरेलगत्तै गठबन्धनमा आवद्ध दलहरूले नेकपा एकीकृत समाजवादीका नेता राईलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए।

सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेर त्यसको पत्र बुझाएपछि प्रदेश प्रमुखले उनको राजीनामा स्वीकृत गर्दै मंगलबार एक बजेभित्र दाबी पेश गर्न आह्वान गरेका थिए।

मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री राईको सपथ मंगलबारै दिउँसो ३ बजे हुने बताइएको छ ।

Total Page Visits: 978 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्