Saturday, May 18Nepal News Portal
Shadow

ऊर्जा उत्पादनमा मात्र नभइ प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर छः इप्पान अध्यक्ष कार्की


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले भने निजी क्षेत्रले प्रसारण लाइन निर्माणमा पनि महत्त्वपूर्ण भूमिका खेल्न रहेको छ । कार्कीले भने, निजी क्षेत्रको सहभागिताले क्रसबोर्डर लाइन निर्माण, विद्युत निर्यात र प्रविधि हस्तान्तरण लगायतका कुरालाई मूर्तरुप दिन सकिन्छतर, प्रसारणलाइन निर्माणमा पनि वन तथा वातावरण, जग्गा प्राप्ति र प्रक्रियागत झन्झटहरूसँग जुध्नुपर्ने समस्या रहेको छ।
उनले बताए आन्तरिक तथा अन्तरदेशीय विद्युत व्यापारमा पनि निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ ।

त्यसका लागि निजी क्षेत्रले पूर्वाधार निर्माण गरेर, बजार अध्ययन, जोखिम अध्ययन, सहलगानी खोजी र पोलिसी लविइङ लगायतका काम गरिरहेको उनले जानकारी गराए। निजी क्षेत्रले विद्युत व्यापारका लागि इक्विटी, ऋण, प्रविधि, सञ्चालन लगायतका पार्टनरसिप मोडलमा काम गरिरहेको पनि कार्कीले बताए।
स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्नको लागि सरकारले केही कुरामा ध्यान दिनुपर्नै पनि कार्कीले जानकारी दिएका छन् ।

 

Total Page Visits: 115 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्