Saturday, May 18Nepal News Portal
Shadow

ग्रीन हाइड्रोजनको अनुसन्धानका लागि मुक्तिनाथ विकास बैंक र केयुबिच सम्झौता


काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुर्याउने उदेश्यका साथ ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानको लागि काठमाडौं विश्वविद्यालय (केयु)सँग सहकार्य गरेको छ । एक कार्यक्रम बीच कम्पनीले काठमाडौं विश्वविद्यालय अन्तरगत रहेको ग्रीन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविद्यालयका उपकुलपति डा भोला थापा, ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा बिराज सिंह थापा तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । हाल ग्रीन हाइड्रोजन ल्याबले ग्रीन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने छ ।

मुक्तिनाथ विकास बैंकलले यस्तो खालको सहयोगबाट प्राकृतिक स्रोतको रुपमा रहेका असिमित सम्भावनाहरुलाई अनुसन्धान गर्ने मौकासँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको उनले बताएका छन् ।

Total Page Visits: 113 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्