Saturday, May 18Nepal News Portal
Shadow

केरा बढी खाँदा यस्ता बेफाइदा गर्छ, पढ्नुहोस्


एजेन्सी । केरा एक फल हो जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, केरा धेरै खाँदा यसले शरीरलाई नोक्सान पनि पुर्याउँछ ।जुनकुनै चिजमा एउटा न एउटा बेफाइदा हुन्छ । बच्चाहरुका लागि सबैभन्दा राम्रो डायटको रुपमा केरा सामेल गरिन्छ । हरेक दिन १ वा २ केरा दिन सकिन्छ । यसका साथै, धेरै परिश्रम गर्ने एक व्यक्तिले दिनमा ३ देखि ४ वटा केरा खान सक्छ । तर, आवश्यकताभन्दा बढी केरा खाँदा के के बेफाइदा छन् त ?

१. कब्जियत
केरा खाँदा पेट राम्रोसँग सफा हुन्छ । तर केरा थोरै मात्रै काँचो भएमा त्यसले कब्जियत गराउन सक्छ । पखाला लाग्दा चिकित्सकहरुले केरा खाने सल्लाह दिन्छन् । यसको मतलब केराले दिशा साह्रो बनाउने काम गर्छ । त्यसैले काँचो केरा नखाने र पाकेको पनि धेरै मात्रामा खान हुँदैन ।

२.मोटोपना
केरामा फाइबरको साथसाथै प्राकृतिक रुपमा चिनिको मात्रा पनि हुन्छ । त्यसैले केरा र दूध खाँदा तौल बढ्छ । त्यसैले अधिक मात्रामा केरा खाएमा यसले शरीरमा अनावश्यक तौल बढाउने काम गर्छ ।

३. एसिडिटी
खाली पेटमा केरा खाएमा पेटमा दुखाई सुरु हुन्छ । केरामा स्टार्च भन्ने पदार्थ पाइन्छ । जसलाई पचाउँन लामो समय लाग्छ । त्यसैले धेरै केरा खाएमा पेट दुख्ने र केरा राम्रोसँग नपाकेको भएमा बान्ता पनि हुनसक्छ ।

४. मधुमेह
मधुमेह भएका बिरामीहरुले केरा धेरै सेवन गर्नुहुँदैन । प्राकृतिक रुपमा नै चिनिको मात्रा पाइने हुनाले यसले शरीरमा चिनिको मात्रा बढाउँछ र टाउको दुख्ने वा निन्द्रा नलाग्ने समस्या आउन सक्छ ।

५.दम
चिनि र स्टार्चको मात्रा बढी हुने भएकाले केराले दाँतमा दुर्गन्ध पैदा गर्छ ।

Total Page Visits: 940 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्