Tuesday, May 7Nepal News Portal
Shadow

तपाईलाई यस्ता लक्षण देखा पर्छन ? कतै मृगौला सम्बन्धी रोगता लागेको हैन ? अवस्य पढ्नुहोला


काठमाडौं, (ससं) । हाम्रो शरीरमा भएका दुई मृगौलाले शरीरमा भएका हानिकारक विषालु पदार्थहरूलाई छानेर पिसाब मार्फत बाहिर फाल्ने काम हो। तर यदि मृगौलामा कुनै पनि समस्या आउन थाल्यो भने यसले राम्ररी आफ्नो काम गर्न सक्दैन, जसको कारण मृगौलाको पत्थरी हुने, मूत्रथैलीको क्यान्सर हुने जस्ता घातक समस्याहरू आउन सक्छन्।

१. छिन(छिनमै पिसाब लागिराख्नु, रातीको समयमा यो समस्या बढि हुँदै जानु

२. पिसाब गर्दा अत्याधिक पीडा हुनु र पीडाको कारण पिसाब गर्न नपाउनु

३. पिसाबमा रगत वा फिँज देखा पर्नु

४. मृगौला खराब हुँदै गएमा शरीरमा जम्मा भएका पानी र नुन बाहिर निस्कन पाउँदैन जसको कारण शरीरका अङ्गहरू फुल्न थाल्दछन्।
५. मृगौलामा समस्या आउन गएमा रगतमा पर्याप्त मात्रामा अक्सिजन पुग्न पाउँदैन, जसको कारण अनिन्द्रा, कमजोरी र थकान जस्ता समस्या आउन थाल्दछ।
६. शरीरबाट हानिकारक तत्वहरू बाहिर निस्कन नपाएपछि छालामा समेत विभिन्न किसिमका समस्याहरू देखा पर्न सक्छन्।
७. मृगौलामा समस्या आएमा रगतमा यूरियाको मात्रा बढ्न गई स्वासप्रश्वासमा बाधा पुग्छ र दुर्गन्धित सास आउन थाल्दछ।
८. मृगौलाले हानिकारक तत्वहरू छान्न नसकेपछि रगतमा नुनको मात्रा बढ्न थाल्छ र रक्तचाप पनि बढ्दै जान्छ।
९. रिँगटा लाग्नु, वान्ता होला जस्तो हुनु र टाउको चड्किनु
१०. मृगौलाको समस्या हुँदा शरीरको माथि देखि तलसम्मका सबै हाडजोर्नीहरू दुख्न थाल्दछन्। यो मृगौला पत्थरीको लक्षण हो।

Total Page Visits: 1482 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्