Thursday, May 2Nepal News Portal
Shadow

हामीले कहिलेसम्म सहनुपर्नेे यस्तो हिंसा ?


सुनिता बुढाथोकी
कक्षा ७

काठमाडौं । अहिले देशमा जताततै बलात्कार भएका घटना सुन्नमा आउँछन् । बलात्कारीहरूले बालबालिकादेखि बुढाबुढी तथा युवतिहरू कोही बाँकी राखेका छैनन् । यतिमात्र नभएर बिहे गरिसकेपछि आफ्ना घर परिवाले कहिले बुहारी तल्लो जातको भए भन्दै थिचोमिचो गर्छन् । अनि घरमा आर्थिक अभाव भयो भने श्रीमानले श्रीमतिलाई कुटपिट गर्छन् । सबै कुरा श्रीमतिले मात्र सहनुपर्छ । २१ औं सताब्दीमादाइजोकै कारण धेरै हिंसा सहेको हामीले सुन्दै आएका छौं । घर परिवारमा बुहारीले दाईजो ल्याईन भनेर सासु वा श्रीमानले तथा परिवारले बुहारीलाई घरेलु हिसां गर्छन् । के यो सबै गर्न जरुरी थियो र ?

यति मात्र होइन बुहारीलाई मार्न तथा आफ्नो बच्चा नदिने भनेर पनि धम्की दिन्छन् । यो जमानामा पनि पुरुष र महिलालाई भेदभाव गर्ने कस्तो समाज हो यो ? सरकाले महिला पुरुष दुवैलाई बराबर हक दिए तापनि यो कुरा व्यावहारमा देखिएको छैन । घर होस् या अफिस कही पनि महिला सुरक्षित भएको देखिदैन ।
केही ठाउँमा त यस्तो पनि हुन्छ कि बाहिर त परैको कुरा आफ्नै घरमा समेत महिलाले गरेको कामको प्रशंसा गरिदिने कोही हुँदैनन् । यसरी हिंसामा परेका सबैलाई सरकारले ध्यान दिन जरुरी छैन र ?अचकाल त छोरीलाई बिवाह गरेर घर पठाउन पनि छोरी का बाबा,आमा डराउछन्, कि कतै मेरो छोरी घरेलु हिंसामा त पर्छिन् भनेर ।

अझ श्रीमानले धुमपान, मद्यपान गरेर श्रीमतिलाई घरेलु हिंसा गर्ने अनि श्रीमतिले अवाज उठाउदा श्रीमान तथा परिवारले बुहारीलाई बोक्सीको आरोप लगाएर कुटपिट गर्छन् । यति मात्र नभएर श्रीमान तथा परिवारले हत्यासमेत गरेका उदाहरण पनि छन् । के साँच्चै महिलाले यस्तो हिंसा सहनै पर्ने हो त ?
घर परिवारमा छोरा चाहियो भनेर बुहारिलाई घरेलु हिंसा पनि गर्छन् । किन महिला सँधै हिंसामा परिरहन्छन् ?महिला आफैँ सुरक्षित हुन नसकेका हुन् या उनीहरूलाई हिंसामा पारिएको हो ? यो प्रश्नले मलाई पिरोलिरहन्छ । घरबाट हिड्ननै डर लाग्न थालिसक्यो ।

यतिमात्र हैनछोरीले आफ्नै बुवा र दाजुभाईबाट पनि त्रशित हुनुपरेको छ । डराउँदै भाग्नुपरेको छ । उनीहरूबाटजोगिएर हिड्न पनि गाह्रो भएको छ । के सँधै छोरीले समाजमा भएका हिंसा सहेरै बस्नु पर्ने हो ? के महिलाको सुरक्षाका लागि कानून बनेको छैन । हुनत यस्तो सबै कुरा मैले सोच्न नहुँने हो । मेरो उमेरको आधारमा यस्तो सबै सोच्न राम्रो पनि हुँदैन । तर, घरमा भएको हिंसा, समाजमा भएको हिंसा, देशमा भएको हिंसा देख्दा मैले सहन सकिन अनि चुप लागेर बस्न पनि सकिन । मेरो मनमा सँधै आउँने प्रश्न, मेरो मनमा गुज्रिने प्रश्न के हामी छोरीमान्छे सँधै पुरुषभन्दा तलै हुनुपर्ने हो ? हिंसा सहेरै बस्नुपर्ने हो ? बलात्कारको सिकार बन्नै पर्ने हो ?अकालमै मृत्युको सिकार बन्नै पर्ने हो ? हामीले न्याय नपाउनेनै हो ? के महिलाका लागि कानुन बनेकै छैन ?

यी कुरा मैले मात्र हैन । सबै आमा, दिदिबहिनीले सोच्नु पर्ने भएको छ । अथवा हामीले सक्षम भएर यस्ता प्रश्न नै नउठ्ने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता छ । हैन भने यो समाज परिवर्तन त के हाम्रै व्यवहारमा पनि परिवर्तन आउँन सक्दैन ।

(लेखक गुहेश्वरी माध्यमिक विद्यालय कक्षा–७ मा अध्ययनरत छिन्)

Total Page Visits: 1773 - Today Page Visits: 4
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्