Friday, May 17Nepal News Portal
Shadow

घट्दो क्रममा नेप्से परिसूचक, ४ अर्ब २२ करोडको शेयर कारोबार


काठमाडौं । मंगलबार (आज) नेप्से परिसूचक ५.२४ अंक घटेर बन्द भएको छ । गत साता देखिनै लगातार ओरालो लागेको नेप्से परिसूचक आज ०.१९ प्रतिशतले घटेर २८१८.१० विन्दुमा रोकिएको हो । यसदिन कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ५८ करोडको शेयर कारोबार भएकोमा आज झण्डै ३९ करोड रुपैयाँ घटेको छ । आज २२० कम्पनीको १ करोड १ लाख ३५ हजार कित्ता शेयर ४ अर्ब २२ करोड ४० लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेर बन्द भएको छ । परिसूचक वृद्धि हुनेमा बैंकिङ समूह ०.१९ प्रतिशत, निर्जीवन बीमा समूह १.२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.०२ प्रतिशत, लघुवित्त समूह ०.०३ प्रतिशत र जीवन बीमा समूह ०.०३ प्रतिशत रहेका छन् । सर्वाधिक परिसूचक घट्नेमा लगानी समूह रहेको छ । यो समूहको २.१३ प्रतिशतले परिसूचक घटेको छ ।

आज हाइड्रोइलेक्टीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको शेयर मूल्य ५.५३ प्रतिशतले घटेको हो । आज यो कम्पनीको शेयर मूल्य ४४४ रुपैयाँ कायम भएको छ । त्यस्तै अपर लामाकोशीको शेयर मूल्य पनि ५.०४ प्रतिशतले घटेको छ । यो कम्पनीको शेयर मूल्य ७१६ रुपैयाँ कायम भएको छ ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर मूल्य ८.३१ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य २२ हजार ५२ रुपैयाँ कायम भएको छ । त्यस्तै माउन्टेन इनर्जी नेपाल लिमिटेडको पनि शेयर मूल्य ५.२१ प्रतिशतले वृद्धि भएर ८६९ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । यो कम्पनीको ३५ करोड ८९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

Total Page Visits: 535 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्