Sunday, April 28Nepal News Portal
Shadow

आठ महिनामा २९ अर्ब वैदेशिक लगानी प्रतिवद्धता


काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा वैदेशिक लगानी प्रतिवद्धता ९एफडिआई० ४१ दशमलव ६७ प्रतिशतले बढेको छ । उद्योग विभागले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष को ८ महीनामा फागुनसम्म २५३ उद्योगमा कुल २९ अर्ब १३ करोड ४५ लाख बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो । प्रतिबद्धता आएका परियोजनामा साना आकारका बढी छन् । ठूला स्केलका उद्योगमा प्रतिबद्धता कम आएको छ ।

मुलुकमा विस्तारै लगानीको वातावरण बनाउनै सरकारले नीतिगत रूपमा सहजीकरण गरेसँगै प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएको उद्योग विभागका उद्योग विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामी बताउँछन् ।

लगानीकर्ताले प्रतिबद्धता जनाए पनि स्वीकृत लिए अनुसार एफडिआई भने आउने गरेको छैन। उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ३ सय २७ परियोजनाका लागि ३८ अर्ब ४० करोड लगानी स्वीकृत भएको थियो । त्यसमध्ये ५ अर्ब ९६ करोड रुपैयाँमात्रै लगानी भित्रिएको छ। जुन पछिल्लो एक दशककै कम हो । स्वदेशी तथा विदेशी लगानीको वातावरण क्रमशः सुधार हुँदै गएकाले आगामी दिनमा पर्यटन, जविद्युत, आइटी, कृषि, पूर्वाधार विकास जस्ता क्षेत्रमा अझै लगानी बढ्ने सम्भावना देखिएको धामीको भनाई छ ।

गत साउनदेखि फागुनसम्ममा स्वीकृत औद्योगिक परियोजना मध्येमा पर्यटन क्षेत्रका ४५ प्रतिशत, ३५ प्रतिशत सेवा क्षेत्र, १२ प्रतिशत उत्पादन क्षेत्र, ३ प्रतिशत सूचना तथा प्रविधि, २ प्रतिशत परियोजना कृषि क्षेत्रमा आधारित रहेका छन्। यस अवधिमा पर्यटन क्षेत्रमा ११५ वटा, सेवा क्षेत्रमा ८८ वटा, उत्पादन क्षेत्रमा ३० वटा, सूचना तथा प्रविधि क्षेत्रमा ८ वटा, पूर्वाधार क्षेत्रमा ६ वटा र कृषि क्षेत्रमा ४ वटा उद्योगमा लगानी प्रतिबद्धता जनाइएको छ ।

Total Page Visits: 81 - Today Page Visits: 4
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्