Wednesday, May 8Nepal News Portal
Shadow

ग्लोबल आइएमई बैंक राष्ट्र बैंकद्वारा सम्मानित


काठमाडौं । आर्थिक वर्ष (आव) २०७९/८० मा सबभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रूपमा ग्लोबल आइएमई बैंक लिमिटेड सम्मानित भएको छ।

नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा २०७९/८० मा २१.१ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा ग्लोबल आइएमईलाई सम्मानित गरिएको हो।

राष्ट्र बैंकले आफ्नो केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसा पत्र प्रदान गरेका हुन्।

रेमिटेन्स आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधार लगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्‍याएकाले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सव अवसरमा बढि रेमिटेन्स भित्र्याउने बैकं तथा वित्तीय संस्थाहरूलाई सम्मानित गर्दै आएको छ।

 

Total Page Visits: 108 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्