Monday, April 29Nepal News Portal
Shadow

बन्दीपुर केबलकार नयाँ वर्षसँगै आंशिक सञ्चालनमा


काठमाडौं । तनहुँ जिल्लाको बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार आंशिक रुपमा सञ्चालनमा आएको छ । विगत पाँच वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको केबलकार नयाँवर्ष २०८१ को सुुरुसँगै आंशिक रुपमा सञ्चालनमा आएको हो ।

बन्दीपुर गाउँपालिका–४ स्थित केबलकार चोकमा रहेको बटम स्टेशनको ५६ रोपनी क्षेत्रफलमा फैलिएको ‘टुरिष्ट पाकर्’ र अन्तर्राष्ट्रियस्तरको अत्यधुनिक रेष्टुरेण्ट सर्वसाधारणका लागि व्यावसायिक रुपमा खुल्ला गरिएको बताइएको छ ।

नयाँ वर्षको अवसरमा बन्दीपुर केबलकारको विधिवत पूजापाठ गरी शुभारम्भ गरिएको छ । हालका लागि केबलकार आन्तरिक प्रयोजनका लागि प्रयोग गर्ने गरी मात्र सञ्चालन गरिने बताइएको छ । सर्वसाधारणका लागि चाँडै नै मिति घोषणा हुने कम्पनीले जानकारी दिएको छ ।
परियोजनाअन्तर्गत टुरिष्ट पार्क र रेष्टुरेण्ट भने पूर्ण रुपमा खुला गरिएको छ । मनमोहक टुरिष्ट पार्कमा आकर्षक गेटसँगै चट्टानमा नै बनेको शिव मन्दिर, गणेश स्वरुप छ भने फुटपाथ माथि ३३ देवी देवताको मूर्ति बनाइएको कम्पनीका उपाध्यक्ष किरण पोखरेलले जानकारी दिए ।

आकर्षक उल्लुको मूर्ति, भगवान बुद्धको मूर्ति, सूर्यनारायण भगवानको वायुयान, विशाल कैलाश पर्वत र भगवान शिवजीको प्रकट रुप, भगवान विश्वकर्माको मूर्ति साथै जङ्गली जनावरहरुको म्युजियम, हात्ती, गैँडा, जिराफ, जेब्रा, जरायो, बाघ लगायतका आकर्षक मूर्ति, स्थानीय घर र दैनिक प्रयोग हुने सामग्रीहरुको म्युजियम रहेको छ ।

अत्यन्तै आकर्षक दाबी गरिएको यो टुरिष्ट पार्क रु ८६ करोडको लागतमा तयार भएको वित्तीय निर्देशक शिवप्रसाद शर्माले जानकारी दिए । यस पार्कमा प्रवेश गर्नका लागि प्रतिव्यक्ति २०० रुपैयाँ, मोटरसाइकल ३०० रुपैयाँ, ट्याक्सी ५०० रुपैयाँ, माइक्रो एक हजार रुपैयाँ र ठूला बसका लागि एक हजार ५०० रुपैयाँ मूल्य तोकिएको छ । तर कम्पनीले अफरको रुपमा जतिको टिकट छ त्यो बराबरको नै रेष्टुरेण्टमा सेवा लिन सक्ने गरी गिफ्ट भौचर दिने रेष्टुरेष्ट म्यानेजर प्रकाश श्रेष्ठले बताए ।

परियोजनाअन्तर्गत पाँचतारे होटल, नवीन टावर, स्काई डाइनिङ, फ्लाई डाइनिङ, स्काई वार, हेल्थ क्लव, ग्राउण्ड डाइनिङ, एक हजार क्षमताको हल, स्काइ वाल्क, एज वाल्क, ग्लास वाक थु्र, जीप लाइन लगायतका पूर्वाधार अगाडि बढाएको छ । यो परियोजनाको कूल लागत ६ अर्ब २९ करोड रुपैयाँ पुग्ने जानकारी दिइएको छ । यी सबै पूर्वाधार आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Total Page Visits: 319 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्