Thursday, May 16Nepal News Portal
Shadow

आईपीओ भर्नेहरुले जान्नु पर्ने कुरा : बोनस सेयर तथा हकप्रद सेयर के हो ?


काठमाडौं, (ससं) । पछिल्लो समय प्रथमिक शेयर (आईपीओ) भर्नेहरुको संख्या उलेख्यरुपमा बढ्दै गएको छ । आईपीओमा लगानी गर्न कतिपयलाई बोनस र हकप्रद शेयरको बारेमा जानकारी हुुँदैन । बोनस शेयर कसरी प्राप्त हुन्छ ? हकप्रद शेयर भनेको के हो भन्ने सामान्य जानकारी पनि नहुुनेहरु अहिले शेयर बजारमा लगानी गर्नतर्फ आकर्षित भएका छन् । हो यी नै सामान्य कुराहरुको बारेमा हामीले जानकारी दिँदै छौं ।

कम्पनीको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी विद्यमान सेयरधनीहरुलाई लाभांशको रुपमा दिइने थप सेयरलाई बोनस सेयर वा स्टक डिभिडेन्ड भनिन्छ । विद्यमान सेयरधनीहरुको खरिद गर्ने पहिलो हक हुने गरी उनीहरुलाई समानुपातिक रुपमा सेयर बिक्री गर्न जारी गरिने थप सेयरलाई हकप्रद सेयर (राइट सेयर) भनिन्छ ।

बोनस शेयरका लागि शेयरधनीले पैसा तिर्नु पर्दैन । साधारण शेयरजस्तै बजार मूल्यमा यसको कारोबार हुन सक्छ । बोनस सेयर प्राप्त गर्नेले सरकारलाई कर तिर्नुपर्छ ।

हकप्रद सेयरका लागि सेयरधनीले पैसा तिर्नु पर्छ । साधारण सेयरजस्तै बजार मूल्यमा यसको कारोबार हुन सक्छ । बोनस सेयर र हकप्रद सेयर बाँडी सकेपछि कम्पनीको बजार शेयर मूल्यमा समायोजन गरिने भएकाले मूल्य घट्न सक्छ ।

Total Page Visits: 1326 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्