Friday, May 10Nepal News Portal
Shadow

यस्तो छ आजको मौसम


काठमाडौं । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ।

महाशाखाका अनुसार मंगलवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङरहावा-हुरी र असिनासहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङरहावा–हुरी र असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिन उल्लेख रहेको छ।

Total Page Visits: 141 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्