Monday, May 20Nepal News Portal
Shadow

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


काठमाडौं । देशभर आइतबार (आज) र सोमबार (भोली) ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज र भोली देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ ।

सरकारले देशभरका प्रत्येक वडामा तोकिएका खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ ।

Total Page Visits: 850 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्