Monday, May 20Nepal News Portal
Shadow

२४.७८ प्रतिशतले राष्ट्रिय बीमा कम्पनीको नाफा घट्यो


काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको खुद नाफा घटेको छ ।

कम्पनीले बिहीबार प्रकाशित गरेको चालू आर्थिक वष २०८०/०८१ तेस्रो त्रैमासिक विवरण अनुसार कम्पनीको खुद नाफा २४.७८ प्रतिशतले घटेको हो ।

कम्पनीले चालू आवको तेस्रो त्रैमास सम्ममा ५१ करोड ६३ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीको यस्तो नाफा ६८ करोड ६४ लाख ३७ हजार रुपैयाँ थियो ।

तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १५ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले हालसम्म दिर्घकालिन लगानीका रुपमा १ अर्ब ३४ करोड रुपैयाँ लगानी गरेको छ । अल्पकालिन रुपमा कम्पनीले ६ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २५.१९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ हजार ६११.२९ रुपैयाँ, तरलता अनुपात ३.४३ र प्रतिशेयर कुल सम्पत्ती २५३.१८ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी २६ करोड ६६ लाख रुपैयाँ छ ।

Total Page Visits: 95 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्