Wednesday, May 8Nepal News Portal
Shadow

६ स्वास्थ्य टिप्स विद्यार्थीका लागि


काठमाडौँ । समान्यतया कलेजका विद्यार्थीहरूले पढाइको दैनिकी, परीक्षाको तनाव आदिबाट फुर्सद नहुँदा आफ्नो स्वास्थ्यमा ध्यान दिन पाइरहेका हुँदैनन् । रोगले च्यापेपछि वा बिरामी भएर काम गर्न नसक्ने भएपछि मात्र स्वास्थ्य परीक्षण गर्ने गर्दछन् ।

कलेजजीवन हरेक कुरामा उत्सुकता हुने उमेर हो ।

यसर्थ, उनीहरू गलत बाटोमा लाग्ने सम्भावना पनि बढि हुन्छ । यो उमेरमा यौनबारे बढी जिज्ञासा हुन्छ । हाम्रो समाज अझै पनि यौनजस्ता कुरामा खुला छैन ।

त्यसैले, कलेज पढ्ने किशोर–किशोरी आफ्नो यौन स्वास्थ्यसँगै समग्र स्वास्थ्यबारे सचेत छैनन्। उनीहरूलाई स्वास्थ्य सचेतनाका केही टिप्स् निम्न छन्।

१। स्वास्थ्य परीक्षण नियमित गर्ने

किशोर तथा युवा उमेरका विद्यार्थी स्वास्थ्यप्रति बढी हेल्चेक्र्याइ गरीरहेका हुन्छन् । त्यसैले, विभिन्न रोग लाग्ने सम्भावना बढी हुन्छ । यसर्थ, एसटिडी अर्थात् यौन सञ्चारित रोगहरूबाट बच्न नियमित रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्दछ । कतिपय कलेजहरूले नै यस्तो सेवा दिइरहेका छन् ।

२। साथीसँग खुलेर कुरा गर्ने

नेपाली समाजमा अझै पनि यौनको विषयमा खुलेर बहस गरिँदैन । टिनएजरहरू यसको प्रत्यक्ष सिकार भइरहेका हुन्छन् । यौनसम्बन्धी समस्यालाई लिएर खुल्न नसक्दा भविष्यमा भयानक रोग लाग्ने सम्भावना हुन सक्छ । तसर्थ, आफ्ना र रुचिका विषयमा नजिकका विश्वासिला साथीहरूसँग खुलेर कुरा गर्न जरुरी छ । साथै, कसैले इच्छाविपरीत यौनदुव्र्यवहार गरेको छ भने पनि त्यसको नडराई सामना गर्न सकिन्छ ।

३। सुरक्षित रहने

कसैसँग तपाईंको गहिरो प्रेमसम्बन्ध छ भने त्यसलाई सकभर यौनसम्म नपुर्याउनुहोस् । यदि, सक्नुहुन्न भने पनि यौनका मामलामा सधैँ सुरक्षित रहनुपर्छ । यौनजन्य रोगहरूबाट बच्न आवश्यक सुरक्षित सामग्री प्रयोग गर्न सकिन्छ । यस्तै, सम्बन्धका कारण पछि आउनसक्ने चुनौतीबारे सचेत रहनुपर्छ ।

५। सहज महसुस गर्ने

दबाबका बीच कसैसँगको सम्बन्धमा तपाईं रहनुभएको भए यसलाई तोड्दा नै राम्रो हुन्छ । आफ्नो सम्बन्धमा सचेत नहँुदा अनैतिक सम्बन्धका कारण परिवारलाई समेत असर पर्न सक्छ । तसर्थ, यस्ता कुरामा सचेत हुनुहोस् ।

६। सेमिनारमा भाग लिनुपर्छ

युवा पुस्ताका लागि हुने यौन स्वास्थ्यबारेका बहसमा भाग लिने गर्नुपर्छ । यस्ता कार्यक्रम तथा सेमिनारमा सहभागी भए यौन स्वास्थ्यबारे जानकारी लिन सहज हुन्छ ।

Total Page Visits: 834 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्