Friday, May 3Nepal News Portal
Shadow

सुत्नु अगाडि यी खानेकुराहरु भुलेर पनि नखानुहोस्


काठमाडौं । के तपाईको पनि भोक लागेका बेला जे पायो त्यही खाने बानी छ । यदि छ भने आजैबाट त्यागीहाल्नु् । किनकी यो बानी स्वास्थका लागि खतरनाक हुन सक्छ । राति के खानु हुन्छ अथवा के खानु हुँदैन भन्ने कुरामा विचार गर्न अति आवश्यक छ ।

राती सुत्नुअगाडी के नखाने ?

जंक फूड

राति सुत्नुभन्दा अघि जंक फूड खाने बानी छ भने यो बानीलाई आजैदेखि हटाउनुहोस् । जंक फूडले निद्रामा असर पुऱ्याउन सक्छ । सुत्नु अगाडि पिज्जा खानाले वजन त बढ्छ नै हार्ट बर्न जस्ता समस्या पनि हुन सक्छ । जंक फूडमा सेचुरेटेड फ्याट हुन्छ, जसलाई पचाउन धेरै समय लाग्छ ।त्यसैले यी कुराहरु राति खानु हुँदैन ।

गुलियो खानेकुरा

सुत्नु अगाडि गुलियो खानेकुराहरु खानु हुँदैन । गुलियो खानेकुरामा पर्याप्त क्यालोरी हुन्छ । जसका कारण वजन बढ्नुको साथै निद्रा पनि लाग्दैन ।

चिया

सुत्नु अगाडि चिया पिउनाले पनि स्वास्थ्यमा नराम्रो असर पर्छ । धेरै मानिसहरुको सुत्नुभन्दा अगाडि चिया पिउने बानी हुन्छ, जून अति नै हानिकारक हो । चियामा भएको क्याफिनले निद्रा नलाग्ने समस्या उत्पन्न गराउँछ ।

चिप्स
राति भोक लाग्यो भने छिट्टै भोक मेटाउनका लागि सजिलो उपाय हो चिप्स । तर, चिप्स खाना जति सजिलो छ, पचाउन त्यति नै गाह्रो हुन्छ । प्रोसेस्ड फूडमा भारी मात्रा ग्लूटेमेट हुन्छ, यसले निद्रा लाग्न गाह्रो हुन्छ ।

आइसक्रीम
यदि राति आइसक्रीम खानु हुन्छ भने सावधान रहनु पर्छ, किनभने आइसक्रीममा धेरै फ्याट हुन्छ । राति आइसक्रीम खानाले शरीरले यसमा भएको अत्याधिक फ्याट पचाउन सक्दैन । यसबाहेक यसमा समावेश चिनी शरीरमा फ्याटको रुपमा परिवर्तन हुन्छ । यसरी यसले हरेक किसिमले हामीलाई नोक्सान पुऱ्याउँछ ।
चकलेट

राति राम्रो निद्राका लागि क्याफिनयुक्त चकलेट खानु हुँदैन । यसले हाम्रो नर्वस सिस्टम एक प्रकारले सक्रिय हुन्छ, जसका कारण तपाईंलाई घण्टौं अनिद्रा बनाउँछ । त्यस्तै अल्कोहलले पनि निद्रामा प्रभाव पर्छ । यसबाट एन्जाइटि पनि बढ्छ । त्यसैले अल्कोहलबाट टाढा रहनुपर्छ।

Total Page Visits: 303 - Today Page Visits: 7
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्