Wednesday, May 8Nepal News Portal
Shadow

कति मिनेटपछिको निद्राले निर्णय क्षमता बढाउँछ ?


काठमाडौं । वैज्ञानिकले हालै आम मानिसको र्‍यापिड आई मुभमेन्ट (आरईएम) निन्द्राका माध्यमबाट भावनात्मक यादलाई मजबुत बनाउने कुरा पत्ता लगाएका छन् ।मस्तिष्कलाई सही तरिकाले काम गर्न निन्द्राको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

वैज्ञानिकले गरेको अध्ययनले निन्द्राले मस्तिष्कको न्युरोनल एक्टिभिटीलाई शान्त बनाउने काम गर्ने पत्ता लागेको छ ।

आरईएम के हो ?

आरईएम निदाएको ९० मिनेटपछि सुरु हुन्छ यो निन्द्राको एक चरण हो।निदाएको ९० मिनेटपछि मानिसले सपना देख्ने गर्छन् । निदाएको ९० मिनेटपछिको समयमा हाम्रो शरीरका मांसपेशीहरु स्वस्थ र तन्दुरुस्त रहन्छन् ।

आरईएम निन्द्राले न्युरान्सलाई शान्त बनाउँछ

भावनात्मक प्रक्रिया रहने भाग हो प्रिफ्रन्टल कोर्टेक्स। र्‍यापिड आई मुभमेन्टले मस्तिष्कको पिरामिडल न्युरान्स निकै शान्त रहने वैज्ञानिकले अनुसन्धानमा खुलाएका छन् ।

निन्द्राको समयमा मस्तिष्कको कुनै भागले कसरी हाम्रा भावनालाई नियन्त्रण गर्न सक्छ भन्ने कुरामा वैज्ञानिकलाई विश्वास गर्न गाह्रो भएको थियो । कारण त्यतिबेला मस्तिष्क सक्रिय हुँदैन थियो ।

आरईएम निन्द्रामा भएको बेला शरीरको पूरै सिस्टमलाई रिसेट गर्न सकिने अनुसन्धानबाट खुलेको छ । यसको अर्थ राम्रो निन्द्राले सही र गलत छुट्याउने क्षमतामा सुधार हुँदै जान्छ । यस्तोमा मस्तिष्कसम्म पुगेको सन्देश अगाडि बढ्दैन ।

र्‍यापिड आई मुभमेन्ट दौरान आएको निन्द्रामा मस्तिष्कसम्म कुनै सन्देश नपुग्ने भने होइनन् । तर न्युरान्सले ती सन्देशलाई अगाडि बढ्न दिंदैन । आरईएममा मस्तिष्कमा भएका सन्देशलाई न्युरान्सले एक भागमा पुर्‍याउने भए पनि अर्को भागमा पुर्‍याउँदैन ।

यो अनुसन्धान पहिलो पटक मुसामा गरिएको थियो । वैज्ञानिकहरु मुसामा गरिएको अनुसन्धानको परिणामलाई लिएर मान्छेको निन्द्रालाई बुझ्ने प्रयास गरिरहेका छन् ।

Total Page Visits: 621 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्