Wednesday, May 8Nepal News Portal
Shadow

अमलाका फाइदा


काठमाडौं ।अमला स्वास्थ्यका दृष्टिले निकै गुणकारी छ। यो भिटामिन सीको ठूलो स्रोत हो ।अमलामा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, सेलुलोज, टान्निक एसिड र अल्बुमिन जस्ता शरीरलाई आवश्यक तत्त्व पाइन्छ । आयुर्वेदिक उपचारको क्षेत्रमा अमलालाई औषधिको रूपमा प्रयोग गरिन्छ। यहाँ अमलाबाट हुने फाइदाहरु निम्न उल्लेख गरिएको छ ।

– नियमित अमला खानाले शरीरको रगत सफा गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

– कब्जियत हुनबाट पनि बचाउँछ ।

– भिटामिन सीका कारण कपाल तथा छाला सुन्दर बनाउँछ ।

– अमलाको नियमित सेवनले पाचनशक्ति मजबुत बनाउँछ ।

– पिसाब पोल्ने जस्ता पिसाबसम्बन्धी समस्याबाट छुटकरा पाउन सकिन्छ ।

– अमलाको नियमित सेवनले रक्तश्राव हुने क्रम घट्छ ।

– अमला सेवनले रुघाखोकीसमेत निको हुन्छ ।

– स्मरण शक्ति बढाउछ ।

– अमलाको प्रयोगले कपाल झर्न पनि रोकिन्छ समस्याबाट ।

Total Page Visits: 668 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्