Sunday, May 19Nepal News Portal
Shadow

भित्रियो १३ दिनमै साढे आठ अर्ब लगानी


काठमाडौं । चालु आर्थिक वर्ष(आव) को जेठ महिनामा चीनबाट साढे आठ अर्ब रुपैयाँको लगानी भित्रिएको छ । उद्योग विभागको तथ्यांक अनुसार जेठ महिनाको १३ गते ६० वटा उद्योगका लागि ८ अर्ब ८५ करोड ६० लाख रुपैयाँ विदेशी लगानी भित्रिएको हो । जसमध्ये चीनबाट ८ अर्ब ५५ करोड ६० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

उधोग विभागका अनुसार यस अवधिमा चीनबाट पर्यटन, पूर्वाधार, औद्योगिक र सेवामुलक क्षेत्रमा उक्त रकम बराबरको लगानी प्रतिवद्धता आएको हो । चालु आवको ११ महिनामा २२३ उद्योगका लागि ४३ अर्ब ३९ करोड ६० लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता भएको छ ।

लगानी स्वीकृत भएका उद्योगहरुमा ठूला उद्योग ४ वटा मझौला उद्योग ४७ वटा र साना उद्योगहरु १७२ वटा रहेका छन् । यस अवधिमा लगानी स्वीकृत भएका उक्त उद्योगहरुमा १२ हजार ९०८ जनालाई रोजगारीको प्रस्ताव गरिएको छ ।

विभागमा दर्ता भएका ६० वटा परियोजनामध्ये सबैभन्दा बढी २७ वटा परियोजना पर्यटन क्षेत्रका लागि रहेका छन् । भने १६ वटा परियोजना सेवा मुलक क्षेत्रका लागि, चार वटा परियोजना औद्योगिक क्षेत्रका लागि र १३ वटा पूर्वाधारका परियोजनाहरुका विदेशी लगानी प्रतिवद्धता आएको हो ।

कुन कुन क्षेत्रमा आयो लगानी ?
विभागका अनुसार यस अवधिमा पर्यटन क्षेत्रका २६ वटा परियोजनाका लागि आएको लगानीमध्ये चीनबाट पर्यटन क्षेत्रका २४ वटा परियोजनाका लागि ४ अर्ब १० करोड ६० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । त्यस्तै, पर्यटन क्षेत्रका परियोजनाका लागि इटालीबाट ५ करोड रुपैयाँ र युकेबाट ५ करोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको छ ।

त्यसैगरी, चीनबाट औद्योगिक क्षेत्रका लागि चीनबाट ९० करोड रुपैयाँ र पूर्वाधार क्षेत्रका गार्मेन्ट उद्योग, कन्ट्रक्शन सर्भिस, म्यानुफ्याक्चर अफ स्टिल फर्निचर, पब्लिकेशन सर्भिस, विडन फर्निचर म्यानुफ्याक्चरिङ इन्डष्ट्रि, आइ ग्लास फ्रेम म्यानुफ्याक्चर र आइरन प्रोडक्ट लगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

Total Page Visits: 544 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्