Sunday, May 19Nepal News Portal
Shadow

एक वर्ष भित्रै निर्वाचन हुनुपर्ने शेखर कोइरालाको दाबी


काठमाडौं, (ससं) । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देश समय अगावै चुनावमा जानु पर्ने बताएका छन् ।
कोइरालाले संसद पुनस्थापना भएपनि राजनीतिक अस्थिरता रोकिने छाँट नदेखिको भन्दै राजनीतिक निकासको लागि एक वर्ष भित्रै निर्वाचन हुनु पर्ने बताएका हुन्।
फेरी ५० को दशकको दुष्चक्र अर्थात् संसदमा अंकको खेल सुरु हुन सक्ने सम्भावना औंलाउँदै कोइरालाले देश ‘अर्ली इलेक्सन’मा जानुको विकल्प नरहेको बताएका छन्।

उनले भने, ‘अब संसद्मा संख्याको खेल सुरु हुन्छ। प्रतिनिधिसभा पुनःस्थापना भएको छ। अब राजनीतिक स्थिरताका लागि मुलुक अर्ली इलेक्सन जानुपर्छ। काँग्रेस यसका लागि तयार हुनुपर्छ।’

कांग्रेस सरकारमा जाने मनस्थितिमा नरहेकोले देश अब चुनावमा नै जानु हितकर हुने कोइरालाले बताएका छन् । नेकपाको औपचारिक विभाजनपछि संविधानको धारा १०० बमोजिम कुनै पनि दललाई बहुमत प्राप्त गर्न कठिन रहेकाले एक वा डेढ वर्षभित्र मुलुक निर्वाचनमा जानै पर्ने बताएका हुन्।

Total Page Visits: 459 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्