Wednesday, May 8Nepal News Portal
Shadow

पायल्सको उपचार कसरी गर्ने ?


काठमाडौँ ।मुख्यतया पायल्स तीन चरणका हुन्छन् । पायल्सलाई मेडिकल भाषामा हेमोरोइटर्स भनिन्छ । पहिलो चरण भनेको पायल्सका बिरामीलाई दिसा गर्दा दिसामा रगत देखापर्छ ।

दोस्रो चरण भनेको दिसा गर्दा दिसा सँगसँगै केही वस्तु बाहिर आएकोजस्तो अनुभव हुन्छ र बाहिर केही वस्तु निस्किन्छ पनि ।तर,बाहिर निस्केको वस्तु बाहिर निस्किने र दिसा गरिसकेपछि आफैँ भित्र पस्ने गर्दछ ।

तेस्रो चरण बढी जोखिम पुर्ण मानिन्छ । दिसा गर्दा दिसा सगैं बाहिर निस्किएको मासु भित्र नपस्ने र बाहिरको बाहिरै रहने हुन्छ ।

– यदि दिसा नियमित सारो भएको खण्डमा दिसालाई नरम बनाउने औषधि सेवन गर्नुपर्ने हुन्छ ।

– पहिलो अवस्थामै यसलाई कुनै मेडिकल उपचार गर्नु पर्दैन, तर सामान्य औषधिको प्रयोग मात्रै हो । सर्जिकल अवस्थामा जानुपर्दैन ।

– बाहिर रक्तनलीहरू निस्किएको हुन्छ, कतिपय अवस्थामा सामान्य उपचारमा त्यो आफैँ भित्र जाने हुन्छ । यसलाई इन्जेक्सनका माध्यमबाट सुकाउने पनि गरिन्छ ।

– त्यति गर्दा पनि निस्किएको मासु भित्र नपसेको खण्डमा यसको अरु विकल्प छैन । यसका लागि एक मात्र विकल्प अप्रेसन नै हो ।

–बाहिर निस्किएको मासुलाई काटेर फाल्नुपर्ने हुन्छ, यसले संक्रमण निम्त्याई अल्सर हुँदै क्यान्सरसम्म हुन जान्छ ।

– अप्रेसन फोहोर हुने स्थानमा गर्नुपर्ने भएका कारण दिसा–पिसाब गर्दा संक्रमण हुने गर्छ ।

– पायल्सको समस्या जाडोमा अलि बढीजस्तो देखिए पनि संक्रमणको हिसाबले गर्मीमा बढी हुने गर्छ । जाडोमा पानी कमी भएका कारणले केही समस्या निम्त्याउन सक्छ ।

– दिसामा कतै रगतको मात्रा देखापर्नासाथ चिकित्सकसमक्ष पुग्नैपर्छ । यदि धेरै रगत गएर रक्तअल्पता हुन जान्छ ।

Total Page Visits: 599 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्