Sunday, May 19Nepal News Portal
Shadow

शेयर कारोबार रकममा फेरी नयाँ रेकर्ड, बजार भने सामान्य घट्यो


No description available.
काठमाडौं । बिहीबार (आज) शेयर कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । १३ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएर नयाँ रेकर्ड कायम गरेकोमा आज १४ अर्ब ७६ करोड ८७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएर नयाँ रेकर्ड कायम भएको हो ।

बजार भने १.२० अंकले घटेर २८१५.३९ विन्दुमा रोकिएको छ । आज २१५ कम्पनीको ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता शेयर खरिद विक्री भएको छ ।
आज कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ। सर्वाधिक परिसूचक वृद्धि उद्योग समूहको भएको छ । यो समूहको ६.६५ प्रतिशतले परिसूचक वृद्धि भएको छ ।

No description available.आज १० प्रतिशतले शेयर मूल्य वृद्धि खानिखोला हाइड्रोपावर कम्पनी लिमिटेड, युनाइटेड मोदी हाईड्रोपावर लिमिटेड र नेपाल हाईड्रो डेभलपमेन्ट लिमिटेडको भएको छ ।

त्यस्तै अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको ४३ करोड २८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य ३७६ रुपैयाँ कायम भएको छ ।

No description available.

Total Page Visits: 1071 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्