Sunday, May 19Nepal News Portal
Shadow

सुरु भयो नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि बैठक बस्न लागेको हो ।

बैठकमा पार्टी संसदीय दलको नेता परिवर्तन गर्ने प्रक्रिया अघि मुख्य एजेण्डा रहेको एक केन्द्रीय सदस्यले बताएका छन् । केन्द्रीय कमिटीको बैठक बस्नुअघि बुधबार नै स्थायी कमिटी बैठक बसेको थियो ।

२३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले अब संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा प्रचण्ड(माधव समूहले केन्द्रीय कमिटीबाट रणनीति तय गर्ने सम्भावना छ ।

Total Page Visits: 501 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्