Sunday, May 19Nepal News Portal
Shadow

भारतीय बजारबाट सिधै बिजुली खरिद गर्ने पहिलो मुलुक नेपाल


काठमाडौं, (ससं) । भारतीय बजारबाट सिधै विद्युत् किन्ने नेपाल पहिलो मुलुक बनेको छ । यसअघिसम्म भारतीय सरकारी कम्पनी एनबीबीएनसँग विद्युत् किन्दै आएको नेपालले अबदेखि बजारबाट सिधै किन्न सक्ने बाटो खुलेको हो ।
नेपाल विद्युत् प्राधिकरण स्रोतले एनबीबीएनको सहजीकरणबाटै भारतीय बजारमा बिजुली किन्न सकिने बाटो खुलेको बताएको छ ।
प्राधिकरणले शनिबार भारतीय बजारबाट प्रतियुनिट ३ रुपैयाँ ८१ पैसा भारुमा ५ हजार १ सय ५० मेगावाट आवर खरिद गरेको छ। आइतबारका लागि यही मूल्य भने कायम नहुन सक्ने स्रोतको भनाई छ । गत मार्चमा भारतले क्रसबोर्डर इलेक्ट्रिसिटी ट्रेडिङको कार्यविधि स्वीकृत गरेपछि नेपाल विद्युत् प्राधिकरणको नेतृत्वले पनि आवश्यक तयारी थालेको थियो ।

 

Total Page Visits: 541 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्