Thursday, May 9Nepal News Portal
Shadow

काठ किन बल्छ र धातु किन बल्दैनन्? जान्नुहोस् वैज्ञानिक कारण


काठमाडौं । किन लाग्छ काठमा आगो, धातु किन बल्दैनन् ? तपाईहरुको मनमा कहिल्यै यो प्रश्न उठेको छ? यस्ता छन् वैज्ञानिक कारण।

ओरेगन युनिभर्सिटीका एक रसायन विज्ञले आगो बल्नका लागि तीन सामान आवश्यकता हुने बताए । उनका अनुसार ती तीन सामान अक्सिजन, गर्मी र इन्धन । गर्मीलाई घर्षणमार्फत् बनाउन सकिन्छ जस्तै सलाई कोर्नु ।अक्सिजन ग्यास हो जुन हावामा हुन्छ । इन्धन त्यो चिज हो जुन बल्छ । इन्धन अर्गानिक पदार्थबाट बनेको जे पनि हुनसक्छ । यहाँ अर्गानिकको सम्बन्ध ती अणुसँग छ जुन मुख्य रुपमा कार्बन–हाइड्रोजन बन्डबाट बनेका हुन्छन् । कहिलेकाँही यसमा अक्सिजन वा अन्य परमाणु जस्तै फस्फोरस वा नाइट्रोजन समावेश हुने गर्दछन्।

काठ किन बल्छ

बल्नु एक रासायनिक प्रतिक्रिया हो जुन कमजोर केमिकल बन्डका साथै एक अस्थिर सिस्टममार्फत् ऊर्जा जारी गर्छ । एक रसायन विज्ञका अनुसार अर्गानिक मलिक्युल जसमा कार्बन, अक्सिजन, हाइड्रोजन र केही अन्य तत्वहरु हुन्छन्, ती बढी स्थिर हुन चाहन्छन् । काठ र कागजले निकै सजिलै आगो समात्छ किनभने यी सेल्यूलोजबाट बनेका हुन्छन् । सेल्यूलोज कार्बन, हाइड्रोजन र अक्सिजनको बीचबाट बनेको अणु हो ।

जब काठबाट बनेको कुनै वस्तुमा आगो लाग्छ तब काठले बनेको सेल्युलोज, कार्बन डाइअक्साइड र पानीको बाफमा परिवर्तन हुने गर्छ । यी दुई अणु बलियो बन्ड भएका अणु हुन्छन् । यो केमिकल रियाक्सनबाट निस्कने ऊर्जा, ग्यासको परमाणुमा पाइने इलेक्ट्रोनलाई उत्तेजित गर्छ, जसले प्रकाश देखिन्छ । यो प्रकाश हामीले झिल्कोको रुपमा देख्छौँ ।

किन बल्दैन धातुको भाँडो ?

आगोमा धातुका भाँडा किन बल्दैनन् । धातुका असाध्यै बलिया केमिकल बन्ड सजिलै तोड्न सकिँदैन । जबकी काठको एउटा टुक्रामा यस्ता बलिया बन्ड हुँदैनन् । त्यसैले यसमा झिल्कोबाट ऊर्जालाई अवशोषित गर्ने क्षमता हुँदैन । काठले ऊर्जा अवशोषित गर्नुको सट्टा आगोमार्फत् ऊर्जा छोड्ने काम गर्छ । तर भाँडाका धातुमा त्यो ऊर्जा अवशोषित गर्ने र त्यसलाई नष्ट गर्ने क्षमता हुन्छ । त्यसैकारण भाँडा छुँदा तातो हुन्छन् ।

यद्यपि, केही धातु बल्ने खालका पनि हुन्े गर्दछन् । आतिशबाजी बनाउनका लागि पोटासियम र टाइटेनियमजस्ता ज्वलनशील धातुको प्रयोग गरिन्छ । आतिशबाजीमा धातु पाउडरको रुपमा हुन्छ जसले गर्मी र अक्सिजनसँग निकै तिब्र रुमा प्रतिक्रिया दिन्छ ।

Total Page Visits: 588 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्