Sunday, May 19Nepal News Portal
Shadow

भेरी नदिमा जलाशयुक्त आयोजनाको अध्ययन गर्दै प्राधिकरण


काठमाडौं । रुकुम र जाजरकोटको सिमानामा बग्ने भेरी नदिमा जलाशययुक्त आयोजना अध्ययनका लागि नेपाल विद्युत प्राधिकरणले निवेदन दिएको छ।
डाडागाउँ खलङ्गा भेरी जलाशययुक्त आयोजना नाम दिइएको १३५ मेगावाट क्षमताको उक्त जलाशयुक्त आयोजना अध्ययनका लागि प्राधिकरणले विद्युत विकास विभागमा निवेदन दिएको विभागले जनाएको छ।

जाजरकोट सदरमुकाम रहेको भेरी नगरपालिकाको खलंगा र डाडागाउँ तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको आठबिसकोट र घेत्मा भन्ने ठाउँमा आयोजनाको सर्वेक्षण हुने छ।

माथिल्लो कर्णाली, हुम्ला कर्णाली, जगदुल्लाह, नलसिंह गाड लगायतका ठूला आयोजनाहरु अध्ययनको चरणमा रहे पनि कर्णाली प्रदेशमा निजी क्षेत्रबाट ४.८ मेगावाटको पदम खोला जलविद्युत आयोजना (दैलेख) मात्रै निर्माण सम्पन्न भएको छ।

Total Page Visits: 725 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्