Saturday, May 4Nepal News Portal
Shadow

नेपालले भारतमा बिजुली निर्यात सुरू गर्यो


काठमाडौं । नेपालले फेरि भारतमा बिजुली निर्यात सुरू गरेको छ।

शनिबार ६०० मेगावाट आवर (२५ मेगावाट) बिजुली भारतमा बिक्री गरिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिएका छन् ।

वर्षाका कारण धेरै बिजुली उत्पादन भएकाले निर्यात गरिएको उनले भनाइ छ। प्राधिकरणले प्रतियुनिट ७.२१ भारूका दरले बिजुली बिक्री गरेको हो।

आज फेरि निर्यात गरिएको छैन। भोलिका लागि एक हजार मेगावाट आवर बिजुली खरिद गर्ने क्रममा छौं, भट्टराईले भने, उत्पादन धेरै भएको अवस्थामा मात्रै निर्यात गर्न सकिन्छ।

नेपालले गत वर्षदेखि भारतमा बिजुली निर्यात गर्न सुरू गरेको हो। अघिल्लो वर्ष नेपालले ११ अर्ब रूपैयाँको बिजुली बिक्री गरेको थियो।

हिउँदमा नेपालका नदीहरूमा पानीको मात्रा घटेर उत्पादन कम भएपछि भारतमा बिजुली बेच्न सकिएको थिएन। बरू भारतबाट दैनिक ४ सय मेगावाट बढी बिजुली किन्नु परेको थियो।

Total Page Visits: 157 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्