Saturday, April 13Nepal News Portal
Shadow

Uncategorized

राष्ट्रिय वाणिज्य बैंकले ग्लोबल मनी विकको सन्दर्भमा देशप्यापी रुपमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने

राष्ट्रिय वाणिज्य बैंकले ग्लोबल मनी विकको सन्दर्भमा देशप्यापी रुपमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने

Uncategorized
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही चैत्र ६ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक २०२४ Protect Your Money, Secure Your Money भन्ने मुलनाराका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिदै छ । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्धेश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो । नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरीका शाखा कार्यालयहरुले विद्यार्थी, युवा, मजदूर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ्ग ...
बिहान खाली पेटमा तातो पानी पिउदा मिल्नेछन् यी फाइदा

बिहान खाली पेटमा तातो पानी पिउदा मिल्नेछन् यी फाइदा

Uncategorized
काठमाडौं । पानीले शरीरका विकारजन्य पदार्थलाई बाहिर ल्याउन सहयोग गर्दछ । पानीविना जिवनको कल्पना गर्न पनि सकिँदैन । पानी जिवनका लागि अनिवार्य मात्र छैन, पर्याप्त पानी पिउनु सुस्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ । अझ मनतातो पानीको सेवन स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ । बिहान खाली पेटमा एक गिलास मनतातो पानी पिउनुका फाइदा यी हुन्ः · दुषित पानी पिउनाले पेट सम्बन्धी विभिन्न रोग लाग्दछ । तर यदि पानीलाई उमालेर त्यसलाई सेलाउँदैै मनतातो बनाएर पिउनाले झाडापखाला, आउँ जस्ता अनेक रोग लाग्न बाट बँचिन्छ । · यदि तपाइँलाई भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनुहोस् । · दिनहुँ बिहान मनतातो पानी पिउनाले सरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ । पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ । · बिहान खाली पेटमा मनतातो पानी पिउनाले ...
सुन प्रकरणमा स्वतन्त्र छानबिन गर्न अनुसन्धान समिति सरकारको पूर्ण साथ छः अर्थमन्त्री महत

सुन प्रकरणमा स्वतन्त्र छानबिन गर्न अनुसन्धान समिति सरकारको पूर्ण साथ छः अर्थमन्त्री महत

Uncategorized
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानबिन गर्न राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्ने बताएका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरणपछि केही कर्मचारीलाई निलम्बन गरिसकेको भन्दै अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा काम गर्न दिने र राज्यले सहयोग गर्ने बताएका छन् । महतले सुन प्रकरणमा मेसिन वा मानवीय कमजोरी हो भन्ने छानबिन समितिले पत्ता लगाउने दाबी गरे । मन्त्री महतले भन्सार कार्यालयमा अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाउन निर्देशन दिएको जानकारी दिए । उनले अपराध गर्ने व्यक्तिहरुले नयाँ नयाँ प्रविधिहरु प्रयोग गर्न सक्ने भएकाले भन्सारमा रहेका प्रविधिहरुलाई पनि समयानुकूल परिवर्तन गर्दै जानुपर्ने धारणा राखे । विमानस्थलमा रहेका राज्यका विभिन्न निकायसँग छलफल गर्दै सुधारका विषयमा पनि छलफल ...
सिजी नेटले ल्यायो आरआरआर अफर

सिजी नेटले ल्यायो आरआरआर अफर

Uncategorized, आर्थिक गतिविधि, समाचार
काठमाडौं । नेपाली इन्टरनेट कम्पनी सिजी नेटले आरआरआर (रिफर, रिडिम र रिपिट) नामक अफर ल्याएको छ। जस अन्तर्गत सिजिनेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले १ महिना सित्तैमा इन्टरनेट चलाउन पाउनेछन्। साथै यसै अफर अन्तर्गत हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहार पनि पाउनेछन्। यस अफर अन्तर्गत रिफर गर्ने र रिफर हुने दुवैले अफर अवधिमा गरिएका प्रत्येक सफल रिफरलमा १ महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्ने मौका पाउने कम्पनीको भनाइ छ। यसका साथै ३ जनासम्म रिफर गर्नले उच्च गुणस्तरको एयर पड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउनेलाई स्मार्ट वाच प्रदान गरिनेछ। सिजी नेटका उत्पादन प्रबन्धक करुणेश गुप्ताले भने हामी हाम्रा मूल्यवान ग्राहकहरूलाई आरआरआर अफर प्रस्ताव गर्न पाउँदा उत्साहित छौं र हाम्रा ग्राहकहरूलाई उहाँहरूको सहयोग र हाम्रो भरपर्दो इन्टरनेट सेवाहरूको बारेमा प्रचार गरे...
खोटाङमा बढ्यो किबी र लिचीको उत्पादन

खोटाङमा बढ्यो किबी र लिचीको उत्पादन

Uncategorized, आर्थिक गतिविधि, उत्पादनमूलक, प्रमुख समाचार
काठमाडौं । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खोटाङमा किबी र लिचीको उत्पादन बृद्धि भएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले मात्रै उत्पादन दिने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले २० दशमलव ३५ मेट्रिक टन उत्पादन दिँदा आर्थिक वर्ष २०७९/८० मा ३७ हेक्टर क्षेत्रफलमै लगाइएको किबीले २३ दशमलव पाँच मेट्रिक टन उत्पादन दिएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका कृषिप्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, नेर्पा, जालपा र प्रायः सबै वडामा तथा साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा, खिदिमा, रतन्छा, दिप्रुङ चुइँचुम्मा गाउँपालिकाको याम्खा, सप्तेश्व...
आजदेखि लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार सुरु

आजदेखि लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार सुरु

Uncategorized
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपछि आज (असार २९ गते)देखि एकीकृत करोबार सुरु गरेका छन् । मर्जरपछि लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो । यी दुई बैंक १ः१ स्वाप रेसियोमा मर्जर भएका हुन् । मर्जरमा जाने अन्तिम सहमति असार ३ गते स्वीकृत भएको थियो । आजदेखि एकीकृत कारोबार गर्न दुवै बैंकले आफ्ना शाखा कार्यालयहरू असार २७ र २८ गते २ दिन बन्द गरेका थिए । मर्जरपछि लक्ष्मी सनराइज बैंकको केन्द्रीय कार्यालय हाल लक्ष्मी बैंक भएकै भवनमा रहने छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने अजय विक्रम शाह हुने भएका छन् ।...
भोजपुरको साल्पापोखरी पर्यटकको प्रतीक्षामा

भोजपुरको साल्पापोखरी पर्यटकको प्रतीक्षामा

Uncategorized
साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो। साल्पापोखरी समुद्र सतहदेखि तीन हजार ६७२ मिटर उचाइमा रहेको यो चार जिल्लाको सङ्गमस्थल भए पनि भोजपुर जिल्लाको साल्पासिलिच्छो गाउँपालिकामा पर्छ। सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले, ताँबुटार, चौकीडाँडा, दोभाने पार गरेपछि साल्पा पोखरी पुग्न सकिन्छ भने भोजपुर सदरमुकामबाट सुन्तले, मैयुङ हुँदै पनि त्यहाँ पुग्न सकिन्छ । साल्पापोखरी जाने क्रममा बाटोमा पर्ने भेडेटार डाँडाले मनै फुरुङ्ग बनाउँछ । पूर्वको एक रमणीय पर्यटकीयस्थल भेडेटारबाट पहाडका घुम्ती सडक हुँदै तमोर नदीतर्फ झरेर नदी किनारैकिनार धनकुटा जिल्लाको सदरमुकाम पुग्दा अर्को मनमोहक ठाउँ भेटिन्छ हिले । पाख्रिबास डाँडाबाट देखिने हरियाली दृश्यलाई नियाल्दा रमाइलो ...
यस्तो छ आजको मौसम, कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?

यस्तो छ आजको मौसम, कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?

Uncategorized, समाचार
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । विभागका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरू साथै बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, राती कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मध...
नेपालले भारतमा बिजुली निर्यात सुरू गर्यो

नेपालले भारतमा बिजुली निर्यात सुरू गर्यो

Uncategorized, उत्पादनमूलक, ऊर्जा, समाचार
काठमाडौं । नेपालले फेरि भारतमा बिजुली निर्यात सुरू गरेको छ। शनिबार ६०० मेगावाट आवर (२५ मेगावाट) बिजुली भारतमा बिक्री गरिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिएका छन् । वर्षाका कारण धेरै बिजुली उत्पादन भएकाले निर्यात गरिएको उनले भनाइ छ। प्राधिकरणले प्रतियुनिट ७.२१ भारूका दरले बिजुली बिक्री गरेको हो। आज फेरि निर्यात गरिएको छैन। भोलिका लागि एक हजार मेगावाट आवर बिजुली खरिद गर्ने क्रममा छौं, भट्टराईले भने, उत्पादन धेरै भएको अवस्थामा मात्रै निर्यात गर्न सकिन्छ। नेपालले गत वर्षदेखि भारतमा बिजुली निर्यात गर्न सुरू गरेको हो। अघिल्लो वर्ष नेपालले ११ अर्ब रूपैयाँको बिजुली बिक्री गरेको थियो। हिउँदमा नेपालका नदीहरूमा पानीको मात्रा घटेर उत्पादन कम भएपछि भारतमा बिजुली बेच्न सकिएको थिएन। बरू भारतबाट दैनिक ४ सय मेगावाट बढी बिजुली किन्नु परेको थियो।...
बिहान उठ्ने बित्तिकै यी काम नगर्नुहोस्

बिहान उठ्ने बित्तिकै यी काम नगर्नुहोस्

Uncategorized
काठमाडौं । यदि हाम्रो दिनको शुरुवात राम्रो भयो भने पुरै दिन राम्रो बित्छ तर दिनको शुरुवात नै गलत भयो भने दिनभर अनावश्यक तनाव आइलाग्छ ।कतिपय अवस्थामा त खाना खाने समय मिल्दैन, भनेको मान्छे भेटिदैन, आउछु भन्नेहरु आउदैन, प्राचिन मान्यता र शास्त्रका अनुसार यसो हुनुको पछाडि बिहान आफुबाट गरीने गल्तिका कारण हुने गर्दछ । के के गल्ती गर्नुहुदैन ? १. बिहान उठ्ने बित्तिकै कहिल्यै आफ्नो अनुहार ऐनामा हेर्नु हुदैन । २. बिहान उठ्ने बित्तिकै कसैको चित्त दुखाउनु हुदैन । यसले नकारात्मक समय बनाउने छ । ३. साना बालबालिका तथा आमाबुवालाई बिहान बिहान चर्को स्वरमा हर्कानु हुदैन । ४. बिहान उठेर कसैसँग झुठो वाचा वा प्रतिवद्धता गर्नु हुदैन । ५. आफुले भोजन गर्नुअघि भगवान, पशु वा गरीबलाई दान गर्ने । ६. बिहान उठेर कसैलाई पनि बादर वा बादरजस्तो भनेर गाली गर्नुहुदैँन । ७. पकाएको खाना नखाई घरबाट बाहिर...