Saturday, May 18Nepal News Portal
Shadow

Uncategorized

एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट आइतबार

एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट आइतबार

Uncategorized
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । सो कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा बिहान बाँडफाँट गर्न लागिएको हो । कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । यस अघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पूँजी ३४ करोड २४ दशमलव ७१ प्रतिशत दरको ८ लाख ४० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । प्रतिशेयर रू. १०० मूल्यका ८ करोड ४० लाख बराबरको शेयरमध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा वितरण गरिएको छ । त्यस्तै ५ प्रतिशत दरको ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा समेत बाँडफाँट गरी १६ हजार ८०० कित्ता शेयर कम्पनीका लागि सुरक्षित गरीए...
यी हुन् डन्डिफोर हटाउँने घरेलु उपाय

यी हुन् डन्डिफोर हटाउँने घरेलु उपाय

Uncategorized, टिप्स, समाचार
काठमाडौं । डन्डिफोर प्राय किशोर अवस्थामा आउने गर्छ । धुलो, धूँवा, प्रदूषणको सोझो असर हाम्रो अनुहारको छालामा पर्छ। आजभोलि ‘पिम्पल’ नामले प्रचलित छ ‘डन्डिफोर’। यसलाई बोलीचालीको भाषामा उमेरको खटिरा पनि भनिन्छ। डन्डिफोरको उचित व्यवस्थापन गर्नसके यसको असर आफैं हराएर जान्छ। तर उचित व्यवस्थापन भएन भने यसले अनुहारै कुरूप पनि बनाउन सक्छ। डण्डिफोर स्वास्थ्यका लागि भयंकर समस्या मानिदैन यद्दपि, यसको आगमनले मानिसको आकर्षणमा चिसोपना पैदा गर्छ। अनुहारमा देखिने डन्डिफोरले अनुहारको चमक नै हराइदिन्छ। त्यसैले कतिपय युवायुवतीहरु आफ्नो अनुहारमा निस्केको डण्डिफोरप्रति निकै नै चिन्तित हुने गर्छन। घरेलु उपचार (१) डन्डिफोर हटाउन अनुहारलाई मनतातो पानीले धुने गर्नुपर्छ। (२) भुलेर पनि फोहोर पानीले अनुहारलाई धुनु हुँदैन। डन्डिफोरमा हात लगाउनु हुँदैन। (३) चन्दन पाउडरमा कागतिको रस मिलाएर लेप बनाइ अनुहा...
पर्सामा खाद्यान्न उत्पादन गत वर्षभन्दा बढ्यो

पर्सामा खाद्यान्न उत्पादन गत वर्षभन्दा बढ्यो

Uncategorized, उद्योग, ब्यानर
काठमाडौं । पर्सा जिल्लामा गत वर्षको तुलनामा चालु वर्ष खाद्यान्न उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र पर्साका प्रमुख स्रोतका अनुसार खाद्यान्न उत्पादन गत वर्षको तुलनामा २ हजार ७२० मेट्रिक टन बढी भएको हो। चालु आ. व. ३ हजार ५ सय हेक्टरमा लगाइएको चैते धान १७ हजार ८५० मेट्रिक टन फलेको छ। ८ हजार ५ सय ५० हेक्टरमा लगाइएको भदैया धान ४४ हजार ७ सय मेट्रिक टन भएको छ भने ३५ हजार हेक्टरमा लगाइएको अगहनी धान १ लाख ६६ हजार २५० मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ। गत वर्ष चैते धान १७ हजार ५३५ मेट्रिक टन, भदैया ४२ हजार ७५० र अगहनी १ लाख ६५ हजार ५५० मेट्रिक टन उत्पादन भएको थियो। यस्तै २६ हजार ५० हेक्टरमा लगाइएको गहुँ ८५ हजार ९६५ मेट्रिक टन उत्पादन भएको छ। गत वर्ष गहुँ ८० हजार ६०० मेट्रिक टन भएको थियो। जिल्लामा ५६० हेक्टरमा हिउँदे मकै र ४ हजार ५० हेक्टरमा वर्षे मकै लगाइएको थियो। मकैको उत्पादन १४ हज...
एनएमबि बैंकको खातामा कनेक्ट आईपीएस अनलाइन सुविधा

एनएमबि बैंकको खातामा कनेक्ट आईपीएस अनलाइन सुविधा

Uncategorized, बैंक तथा वित्त
काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै आफैं भेरिफाई गर्न सक्ने सुविधा ल्याएको छ । यस सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्न बैंक शाखामा जानुपरेको छैन । अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सकिने बैंकले जनाएको छ । अनलाइन सुविधा सुरु भएपछि ग्राहकहरुलाई हालको निषेधाज्ञाको अवस्थामा थप सहज हुने बैंकको विश्वास रहेको छ । अनलाइन सेल्फ भेरिफाई गरिएका खाताका लागि बैंकले प्रतिदिन १ लाख तथा प्रतिमहिना १० लाखसम्मको कारोबार सीमा प्रदान गरेको छ । अनलाइन सेल्फ भेरिफाई प्रक्रियाका लागि ग्राहकले कनेक्ट आईपीएसमा रजिस्ट्रर गरेको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर एउटै हुनुपर्नेछ ।...
औषधिको कालोबजारी गर्ने पक्राउ

औषधिको कालोबजारी गर्ने पक्राउ

Uncategorized
काठमाडौं । औषधि कालोबजारी गरेको आरोपमा विराटनगर महानगरपालिका १५ रानीस्थित जनता मेडिकल स्टोरका संचालक सोही ठाउँ बस्ने ३५ वर्षीय रवि कुमार रजकलाई आइतबार (हिजो) दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा फिजिसियन स्याम्पलका औषधि, मुटु सम्बन्धी औषधि, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधि र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधिको खोलहरु भण्डारण गरी राखेको अवस्थामा फेला पारी उनालाई पक्राउ गरेको हो ।...
लोकराजको  ‘त्यो पर्दैन’ गित सार्वजनिक  (भिडियो सहित)

लोकराजको ‘त्यो पर्दैन’ गित सार्वजनिक (भिडियो सहित)

Uncategorized, मनोरञ्जन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तेस्रोपटक प्रधानमन्त्री पदको सपथ लिँदा ‘त्यो पर्दैन’ बोलेपछि सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म निकै ‘भाइरल’ नै बन्यो । अहिले पनि ‘त्यो पर्दैन’ सामाजिक सञ्जालमा प्रयोग भइरहेको छ । यही परिप्रेक्ष्यमा गीतका लोकराज अधिकारीले ‘त्यो पर्दैन’ लाई सापटी लिएर ‘त्यो पर्दैन’ गीत तयार पारेका छन् । जसको लिरिकल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक योगेशकाजी, देवेन्द्र बब्लु र गायिका सारिका घिमिरेको स्वर छ । गीतमा योगेशकाजीकै संगीत, एरेञ्ज र मिक्सिङ छ । हेर्नुहोस् भिडियो  https://youtu.be/xMfMSYEJIAI  ...
के तपाँई दिनहुँ कागती पानी सेवन गर्नुहुन्छ ? कागती पानी पिउनु अघि सोच्नुहोस् यस्ता कुरा

के तपाँई दिनहुँ कागती पानी सेवन गर्नुहुन्छ ? कागती पानी पिउनु अघि सोच्नुहोस् यस्ता कुरा

Uncategorized
काठमाडौं, (ससं) । विहान विहान खाली पेटमा कागती पानी पिउनुका धेरै फाइदा छन्। तर तपाई दिनहुँ कागती पाउनी पिउनु हुन्छ भने तपाईले सचेत हुने ठाउँ पनि छन्। १. ज्यादा कागतीपानीले दाँतलाई असार पुर्याउँछ। कागतीमा हुने एसिडले दातँमा हुने इनामेललाई पुर्याउने हानीबाट बच्न पाइप९स्ट्र०बाट पिउनु उपयुक्त हुन्छ। २. सबै अवस्थामा कागती पानी पिउनु हुन्न। एसिडटी, हार्ट बर्न, रिफ्लक्स जस्ता समस्यामा कागती पानीबाट बच्नु पर्छ। ४. तपाईको दाँतमा पहिल्यै समस्या छ भने पनि कागती पिउनु अघि डेन्टिस्टको सल्लाह लिन जरुरी छ। ५. धेरै मात्रामा कागती पानी पिउँदा धेरै पटक पिसाव आउँछ। बारम्बार शरिरबाट पिसाव जाँदा पनि डिहाइड्रेशनको समस्या हुनसक्छ। ६. धेरै कागती पानीले एसिडिटी त बढाउँछनै । पेटका अन्य अंगहरुमा हानी पनि पुर्याउन सक्दछ। धेरै कागती पानी पिउँनाले पाचन प्रणाली समेत खराब हुन् सक्छ। ७. कागती पानीमा अक्सले...
ड्राइभर बिनाको कारमा कलेज जाने संसासकै एकमात्र विद्यार्थी ! हेर्नुहोस्

ड्राइभर बिनाको कारमा कलेज जाने संसासकै एकमात्र विद्यार्थी ! हेर्नुहोस्

Uncategorized
काठमाडौं, (ससं) । एरिजोनामा बस्ने काएला ज्याक्सन विश्वकै एक्ली त्यस्ती विद्यार्थी हुन्, जो हरेक दिन आफ्नो घरबाट ड्राइभरल्यास कारमा कलेज जाने गर्छिन् । उनी हरेक बिहान आफ्नो सेल फोनबाट एपको प्रयोग गरेर यो ड्राइभरल्यास कार बुक गर्दछिन् । पाँच मिनेटको फरकमा नै गूगलको प्यारेटिङ्ग कम्पनीमा सामेल अल्फाबेट आइएनसीका अटोनोमस ह्वीकल आर्मले ल्यास भएको एक कार उनको ढोकामा आइपुग्छ । उनी ढोका खोलेर सीटमा बस्छिन् ।...
गीत गाइरहेका कलाकारलाई अचानक यस्तो भएपछि, हेर्नुहोस् (भिडियो सहित)

गीत गाइरहेका कलाकारलाई अचानक यस्तो भएपछि, हेर्नुहोस् (भिडियो सहित)

Uncategorized
काठमाडौं, (ससं) । अहिले एउटा भिडियो सोसल मिडियामा भाइरल भएको छ । भिडियोमा दुई महिला गीत गाइरहेको हुन्छन् । सोसल मिडियामा भाइरल बनिरहेको यो भिडियोमा दुई महिला कलाकार स्टेजमा बसेर गीत गाइरहेका छन् । जब उनीहरु गीतलाई स्वरमा स्वर मिलाउँदै गर्दा जोशिन्छन्, तब होश नै गुमाउँछन् । यो भिडियो सामाजिक सञ्जालमा अहिले अत्याधिक भाइरल बनिरहेको छ । भिडियो भारतीय बिजनेसम्यान हर्ष गोयन्काले ट्वीटरमा शेयर गरेका हुन् । https://twitter.com/hvgoenka/status/1372866495575814149?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1372866495575814149%7Ctwgr%...
५ बच्चाका पिता दोश्रो विवाहको जिद्दी गर्दै बिजुलीको खम्बामा, हेर्नुहोस् (भिडियो सहित)

५ बच्चाका पिता दोश्रो विवाहको जिद्दी गर्दै बिजुलीको खम्बामा, हेर्नुहोस् (भिडियो सहित)

Uncategorized
काठमाडौं, (ससं) । ६० वर्षको उमेरमा मानिस वृद्ध भइसक्छ । यो अवस्थामा मानिस साना नातिनातिनीहरुसँग खेलेर समय बिताउन चाहन्छन् । तर भारतको राजस्थानमा एक ६० वर्षीय वृद्ध दोश्रो विवाहको जिद्दी गरेर बिजुलीको खम्बामा चढेका छन् । निकै कठिनका साथ उक्त व्यक्तिलाई तल झारिएको थियो । पाँच जना बच्चाका पिता ६० वर्षका ती वृद्ध दोश्रो विवाहका लागि खम्बामा चढेका थिए । यस्तो हर्कत गरेर ती व्यक्तिले आफूलाई दोश्रो विवाह गर्न परिवारले स्वीकृति देओस् भनेर परिवारमा दवाव दिइरहेका थिए । जो वृद्ध बिजुलीको खम्बामा चढेर इलेक्ट्रिक लाइनलाई समातिरहेका थिए, त्यो बेला तारमा करेन्ट थिएन । यसको जानकारी इलेक्ट्रिक सबस्टेशनका कर्मचारीले दिएका हुन् । जसका कारण उक्त वृद्ध दुर्घटनाबाट बच्न सफल भए । यी वृद्धको हर्कतले गाउँका मानिस पनि चकित भएका छन् । यी वृद्धकी श्रीमतीको आजभन्दा ४ वर्ष पहिला निधन भएको थियो । उनीबाट तीन छो...