काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै आफैं भेरिफाई गर्न सक्ने सुविधा ल्याएको छ । यस सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्न बैंक शाखामा जानुपरेको छैन । अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
अनलाइन सुविधा सुरु भएपछि ग्राहकहरुलाई हालको निषेधाज्ञाको अवस्थामा थप सहज हुने बैंकको विश्वास रहेको छ । अनलाइन सेल्फ भेरिफाई गरिएका खाताका लागि बैंकले प्रतिदिन १ लाख तथा प्रतिमहिना १० लाखसम्मको कारोबार सीमा प्रदान गरेको छ ।
अनलाइन सेल्फ भेरिफाई प्रक्रियाका लागि ग्राहकले कनेक्ट आईपीएसमा रजिस्ट्रर गरेको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर एउटै हुनुपर्नेछ ।