Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
यी हुन् डन्डिफोर हटाउँने घरेलु उपाय – Udhyognews.com
Tuesday, March 18Nepal News Portal
Shadow

यी हुन् डन्डिफोर हटाउँने घरेलु उपाय


काठमाडौं । डन्डिफोर प्राय किशोर अवस्थामा आउने गर्छ । धुलो, धूँवा, प्रदूषणको सोझो असर हाम्रो अनुहारको छालामा पर्छ।

आजभोलि ‘पिम्पल’ नामले प्रचलित छ ‘डन्डिफोर’। यसलाई बोलीचालीको भाषामा उमेरको खटिरा पनि भनिन्छ। डन्डिफोरको उचित व्यवस्थापन गर्नसके यसको असर आफैं हराएर जान्छ। तर उचित व्यवस्थापन भएन भने यसले अनुहारै कुरूप पनि बनाउन सक्छ।

डण्डिफोर स्वास्थ्यका लागि भयंकर समस्या मानिदैन यद्दपि, यसको आगमनले मानिसको आकर्षणमा चिसोपना पैदा गर्छ। अनुहारमा देखिने डन्डिफोरले अनुहारको चमक नै हराइदिन्छ। त्यसैले कतिपय युवायुवतीहरु आफ्नो अनुहारमा निस्केको डण्डिफोरप्रति निकै नै चिन्तित हुने गर्छन।

घरेलु उपचार

(१) डन्डिफोर हटाउन अनुहारलाई मनतातो पानीले धुने गर्नुपर्छ।

(२) भुलेर पनि फोहोर पानीले अनुहारलाई धुनु हुँदैन। डन्डिफोरमा हात लगाउनु हुँदैन।

(३) चन्दन पाउडरमा कागतिको रस मिलाएर लेप बनाइ अनुहारमा लगाउन सकिन्छ।

(४) केरालाई मुछेर अनुहारमा दल्न सक्नुहुन्छ। यसबाहेक मह, दहीसँग मिसाएर पनि लगाउन सक्नुहुन्छ। लगाएको केही समयपछि पानीले धुनुपर्छ।

(५) कागतीको रस लगाउनुपर्छ।

(६) ल्वाङलाई मिचेर डन्डिफोर आएको ठाउँमा दल्नुहोस्।  आधा घन्टा राखेर चिसो पानीले धुनुहोस्।

(७) अत्याधिक मात्रामा पानी पिउनुपर्छ। केही दिनका लागि चिया, कफीजस्ता शरीरमा गर्मी पुर्याउने चिजको सेवन गर्नु हुँदैन। यसो गर्दा अनुहारमा चमक आउँछ। र, डन्डिफोरजस्ता आउँदैन्।

(८)केही लसुनको केस्रा पिसेर त्यसको रस निकाल्ने। उक्त रसमा कागतीको रस मिसाउनुपर्छ। त्यस मिश्रण अनुहारमा लगाएर १० मिनेटपछि सफा पानीले पखाल्नुपर्छ।

(९) पानीको बाफले पनि अनुहारमा रहेको डन्डिफोर हटाउन सहयोग गर्छ। बाफले छालाको रोमछिद्र खुल्छ। साथै यो यस्तो प्रक्रिया हो, जसले छालामा रहेको फोहोरमैलासमेत हटाउँछ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्