Saturday, May 18Nepal News Portal
Shadow

Uncategorized

ललितपुरबाट साढे चार लाख नक्कली नोट बरामद

ललितपुरबाट साढे चार लाख नक्कली नोट बरामद

Uncategorized, ऊर्जा, प्रमुख समाचार, ब्यानर
काठमाडौं, १ असोज (सस) । ललितपुरबाट प्रहरीले चार लाख ६५ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ । ललितपुर–१४, ताल्छीखेलमा रहेको एक सुन पसलमा आएका ग्राहकले नक्कली नोट दिएर सुन खरिद गरेको पाइएको हो । जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी नामक पसलका सञ्चालक डम्बरबहादुर रिजालले प्रहरीलाई सूचना दिएपछि फरार व्यक्तिको खोजी थालिएको छ । प्रहरीका अनुसार ५ तोला बराबरको सुनको हार किन्ने बहानामा नक्कली नोट दिइएको थियो । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त, सातदोबाटोबाट खटिएको टोलीले नोट बरामद गरेको जनाइएको छ । सातदोबाटोका डीएसपी मित्रबन्धु शर्मा अनुसार सुन किन्न आएका व्यक्तिले ५ लाख भनेर हजार दरको नोटको बिटो पसल सञ्चालकलाई दिएका थिए । सञ्चालकले पैसा राम्रोसँग नहेरी बिल बनाउन थालेको पाइएको उनको भनाइ छ । बिल बनाउँदै गर्दा सुन किन्न आएका व्यक्ति भने फरार भएका थिए । घटनाबारे ढिला ग...