Saturday, May 18Nepal News Portal
Shadow

बिहान उठ्ने बित्तिकै यी काम नगर्नुहोस्


काठमाडौं । यदि हाम्रो दिनको शुरुवात राम्रो भयो भने पुरै दिन राम्रो बित्छ तर दिनको शुरुवात नै गलत भयो भने दिनभर अनावश्यक तनाव आइलाग्छ ।कतिपय अवस्थामा त खाना खाने समय मिल्दैन, भनेको मान्छे भेटिदैन, आउछु भन्नेहरु आउदैन, प्राचिन मान्यता र शास्त्रका अनुसार यसो हुनुको पछाडि बिहान आफुबाट गरीने गल्तिका कारण हुने गर्दछ ।

के के गल्ती गर्नुहुदैन ?

१. बिहान उठ्ने बित्तिकै कहिल्यै आफ्नो अनुहार ऐनामा हेर्नु हुदैन ।

२. बिहान उठ्ने बित्तिकै कसैको चित्त दुखाउनु हुदैन । यसले नकारात्मक समय बनाउने छ ।

३. साना बालबालिका तथा आमाबुवालाई बिहान बिहान चर्को स्वरमा हर्कानु हुदैन ।

४. बिहान उठेर कसैसँग झुठो वाचा वा प्रतिवद्धता गर्नु हुदैन ।

५. आफुले भोजन गर्नुअघि भगवान, पशु वा गरीबलाई दान गर्ने ।

६. बिहान उठेर कसैलाई पनि बादर वा बादरजस्तो भनेर गाली गर्नुहुदैँन ।

७. पकाएको खाना नखाई घरबाट बाहिर निस्कनु हुदैन ।

८. खानालाई नमिठो भन्दै फ्याक्ने, वा थुक्ने गर्नु हुदैन ।

९. घरमा जुठो राखेर बाहिन जाने, कोठा फोहोर राख्नु हुदैन ।

के गर्नुपर्छ ?

१. बिहान उठेर सबैभन्दा पहिले आफ्नो मनपर्ने देवताको ध्यान गर्नुपर्दछ ।

२. आफ्नो हत्केला हेर्दै भगवानको नाम लिने वा ध्यान गर्ने ।

३. दिन शुभ बनाउन खाना खानु अघि किसानलाई धन्यवाद दिनुपर्छ ।

Total Page Visits: 134 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्