Saturday, May 18Nepal News Portal
Shadow

भारत र बंगलादेशको उडान खुला गर्ने मन्त्रिपरिसद्को निर्णय


काठमाडौं, १० मंसिर (ससं) । सरकारले भारत र बंगलादेशको उडान खुला गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । तर, उडान खोल्नका लागि भारत र बंगलादेशसँगसमेत सहमति गर्नुपर्ने भएकोले मिति तय हुन बाँकी रहेको छ ।

यस्तै, नेपालमा आउने विदेशीलाई भिजिट भिसा र अनअराइभल भिसा दिने निर्णयसमेत आजको मन्त्रिपरिषद्ले गरेको छ। सोही बैठकले तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। कृषितर्फ डा।योगेन्द्र कार्की, इन्जिनियरिङतर्फ सुरेश आचार्य र प्रशासनतर्फ गोकर्णमणि दवाडीलाई बढुवा गरिएको छ ।बैठकले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ।

Total Page Visits: 451 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्