Saturday, May 18Nepal News Portal
Shadow

सन् नेपाल लाइफ इन्स्यारेन्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने


काठमाडौं । सन् नेपाल लाइफ इन्स्यारेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५० रुपैयाँ ५५ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा आईपीओ निष्कासन गर्न अनुमति माग गर्दै १७ फागुनमा बोर्डमा आवेदन दिएको हो ।

कम्पनी दुई अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्नेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेर आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको थियो ।

Total Page Visits: 238 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्