Saturday, May 4Nepal News Portal
Shadow

दोहोरो अंकले बढ्यो सेयर बजार


काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यस दिन नेप्से २५.३१ अंकले बढेर २०९७.५५ बिन्दुमा बन्द भएको छ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन दुई अर्ब ८५ करोड ९४ लाख ९० हजार ४९० रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँ पुगेको छ।

यस दिन २८९ वटा धितोपत्रको ८५ लाख ४ हजार ३७८ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन शिव श्री हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त र रिभर फल्स पावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

यस्तै, लक्ष्मी इक्विटी फण्डको इकाइमूल्य ९.९९ प्रतिशतले बढेको छ।

सेयरमूल्य सर्वाधिक घट्नेमा रावा इनर्जी रहेको छ। उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३६१ रुपैयाँ १० पैसामा सीमित भएको छ।

यस्तै, नेपाल फाइनान्सको सेयर मूल्य ५.२६ प्रतिशतले घटेको छ।

बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ६६० रुपैयाँमा ३३ करोड ९३ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ५.५२ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४९६ रुपैयाँ २० पैसामा ९ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र होटल्स तथा पर्यटन समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको छ।

यस दिन हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक ४.४१ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक १.९५ प्रतिशतले घटेको हो।

Total Page Visits: 87 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्