Saturday, May 4Nepal News Portal
Shadow

कुलमान घिसिङ भन्छन्ः ट्रान्समिसन लाइन समयमा नबने हामीले अर्को वर्ष धान्न सक्दैनौँ


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रान्समिसन लाइन समयमा नबने उत्पादन धान्न नसक्ने बताएका छन् ।

प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा उनले ट्रान्समिसन लाइन नबन्दा समस्या हुने बताएका छन् । घिसिङले अहिले रहेको वनका ऐनको झमेलाले ट्रान्समिसन लाइन बनाउन समस्या भएको पनि बताए ।

आगामी ५ वर्षमा २ खर्बको विजुली निर्यात गर्ने लक्ष्य प्राधिकरणले लिएको उनले बताए । विद्युतको लागि अब लगानी चाहिएको उनको भनाइ छ ।

घिसिङले अर्थ मन्त्रालयलगायतले ट्रान्समिसन लाइन समयमा बनाउनका लागि सहयोग गर्नुपर्ने बताए । भने, “नेपाल विद्युत् खपत मात्र गर्ने हो भन्ने भाष्य बनाउनु भएन, निर्यात गर्नैपर्छ ।”

Total Page Visits: 146 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्