Thursday, May 16Nepal News Portal
Shadow

नेपालमै विद्युतीय गाडी उत्पादन गर्न चीनको सिमेन गोल्ड ड्रागनले ३ अर्ब लगानी गर्ने


काठमानडौं । नेपालमा विद्युतीय गाडी उत्पादनका लागि चीनको सिमेन गोल्ड ड्रागन अटोबडीले ३ अर्ब रूपैयाँ वैदेशिक लगानी गर्ने सम्झौता गरेको छ।

यो कम्पनीले लगानी सम्मेलनको दोस्रो दिनको अवसर पारेर नेपालको कोशी एनके मोटर्ससँगको सहकार्य गरेको हो । उक्त सहकार्यमा वार्षिक ५००० थानभन्दा बढी गाडी उत्पादन गर्ने योजना सार्वजनिक गरिएको छ।

कम्पनीले सुरूमा व्यावसायिक प्रयोजनमा प्रयोग हुने चार पांग्रे सवारीसाधन उत्पादनमा जोड दिनेभनेर जनाकारि दिएको छ। कोशी एनके मोटर्सका अध्यक्ष टिकाराम पुरीले यहीँ वर्षबाट गाडी उत्पादन सुरू गर्ने भनेका छन्।

पुरीले भने हामीले पहिलोपटक मुलुकमै विद्युतीय गाडी उत्पादन गर्न लागेका हौं। गाडी उत्पादनका लागि प्रविधि उपकरण सबै चिनियाँ हुनेछ, गाडी भने नेपाली ब्राण्डमै बिक्री गरिनेछ।

प्लान्टका लागि कम्पनीले विराटनगरको बूढीगंगामा १५ बिगाहा जग्गा लिइसकेको उनले जानकारी दिए। कम्पनीले १४, १८ र १२ सिट क्षमताको कमर्सियल गाडी उत्पादन गर्ने उनले बताए।

Total Page Visits: 114 - Today Page Visits: 5
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्