Friday, May 3Nepal News Portal
Shadow

हिप ठूलो हुने महिलाहरु आकर्षकसँगै स्वस्थ पनि, यस्तो छ तथ्य


महिलाहरुमा हिप ठूलो हुनुलाई कामुकतासँग जोडिन्छ । तर, त्यसको सम्बन्ध केवल कामुकतासँग मात्र छैन त्यो भन्दा धेरै स्वास्थ्यसँग रहेको खुलेको छ। तौल ठिक्क भएका तर जिउको अन्य भागको तुलनामा हिपको आकार ठूलो भएका मानिसहरु समग्र स्वास्थ्यका दृष्टिले सुरक्षित हुन्छन् । तौल ठिक्क भएका तर हिप, जाँघ तथा खुट्टामा बढी बोसो भएका मानिसहरुमा हृदयाघात, म’धुमेह तथा स्ट्रोक जस्ता समस्याको खतरा कम हुने एक अध्ययनले देखाएको छ।

सेल रिसर्च जर्नलमा छापिएको एक अध्ययन अनुसार जिउको तल्लो भागमा बोसो कम हुने मानिसमा हदयरोग तथा मृत्युको आशंका बढि हुन्छ ।यद्यपि यो शोध मोटोपनाले ग्रस्त मानिसहरुमा लागू नहुने जनाइएको छ।किनकी त्यस्ता व्यक्तिको फोक्सो तथा मुटुको आ’सपास पहिले नै बोसो जमिसकेको हुन्छ र त्यसले हिपमा बोसो जम्मा हुनुको कुनै अर्थ राख्दैन । विज्ञका अनुसार नि’तम्ब र जाँघ भनेको जिउको बोसो सुरक्षित रुपमा लगाउने उपयुक्त ठाउँ हुन्।

पेटको बोसोको तुलनामा हिप वा जाँघको चर्पी धेरै अर्थमा उपयुक्त हुन्छ ।किनकी पेटको बोसोले रगतमा धेरै फ्याट्टी एसिड छाड्दछ । जसका कारण मधुमेह, इन्सुलिन प्रतिरोधक कोलेस्ट्रोलको खतरा बढ्दछ भने हिपमा जम्मा भएको बोसोले कम असर गर्छ अझ भनौँ डराइहाल्नु पर्ने अवस्था आउँदैन।
एजेन्सी

Total Page Visits: 1309 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्