Friday, May 17Nepal News Portal
Shadow

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा अधिकारी नियुक्त


 

काठमाडौं। राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा प्रकाश कुमार अधिकारी नियुक्त भएका छन् ।नेपाल बैंकका प्रवक्ता समेत रहेका अधिकारीलाई नेपाल बैंकको तर्फबाट कम्पनीको सञ्चालकमा नियुक्त गरिएको हो ।

वैशाख ११ गते बाट लागुहुनेगरी अधिकारी कम्पनीको सञ्चालक चयन भएका हुन् । उनले मंगलबार नै कम्पनीका अध्यक्ष दिनेश उपध्याय समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।

यसअघि नेपाल बैंकको तर्फबाट विश्वराज बराल कम्पनीको सञ्चालक थिए । उनको ठाउँमा बैंकले अधिकारीलाई चयन गरिएको हो ।

 

Total Page Visits: 102 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्