Wednesday, May 15Nepal News Portal
Shadow

१७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुँदै


काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय महिला उद्यमी समितिले ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१’ आयोजना गर्ने भएको छ । महासंघले वैशाख २६ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवमा १० बजेदेखि साँझ ६ बजेसम्म सहभागी हुन सकिनेछ ।

लघु घरेलु तथा साना उद्यमीहरुद्वारा उत्पादित एवम छरिएर मौलिक वस्तुहरुको प्रदर्शनी तथा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको छुटै ‘प्याभिलियन’ मार्फत प्रदर्शनी गरिनेछ । महोत्सवमा नविन प्रविधिहरुको पनि प्रदर्शनी हुने जानकारी दिइएको छ ।

महोत्सवमा सार्क मुलुक एवं चीनमा उत्पादित औधोगिक वस्तुको प्रदर्शनी गरिनेछ । बैँक तथा वित्तिय संथा लगायत व्यावसायिक विकास सेवा प्रदायकहरुको प्रदर्शनी पनि रहने जानकारी दिइएको छ ।

Total Page Visits: 97 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्