Sunday, April 28Nepal News Portal
Shadow

महालक्ष्मी विकास बैंकले ग्लोबल मनी विकमा सञ्चालन गर्‍यो वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम


महालक्ष्मी विकास बैंकले ७ वटै प्रदेशमा रहेका विभिन्न शाखा तथा प्रादेशिक कार्यालयहरूद्वारा वित्तीय साक्षरता, र्‍याली तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन गरेको छ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको हो।

बैंकले ग्लोबल मनी विक २०२४ को अवसरमा विद्यार्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्ति विकास गराउने उद्देश्यका साथ वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जालमार्फत् विभिन्न सचेतनामूलक भिडिओ सामग्रीहरू प्रसारण गरेको छ।

बैंकले देशका विभिन्न जिल्लाका स्थानीय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रममा विद्यार्र्थी, स्थानीय युवाका साथै रोजगार व्यक्ति, किसान, लघु, साना तथा मझौला उद्यमी, दैनिक ज्यालादारी, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, महिला तथा विप्रेषण प्रापकहरूको सहभागिता रहेको थियो।

उक्त कार्यक्रमहरूबाट करिब हजार मानिसहरूलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवा, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषय वस्तुमा जानकारी गराइएको छ।

त्यस्तै बैंकले ग्लोबल मनी विकको अवसरमा विभिन स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारी सहित प्रभातफेरी कार्यक्रमहरू सञ्चालन गरेको छ।

बैंकको लुम्बिनी र मधेश प्रदेशद्वारा सञ्चालित उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरूस् जस्तै मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषणसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो।

त्यस्तै बैंकले विभिन्न सचेतनामूलक भिडिओ सामग्रीहरूः विद्युतीय भुक्तानी, वित्तीय ठगी, सर्वजनिक वाइफाइ प्रयोग गर्दा हुन सक्ने जोखिम सम्बन्धित निर्माण गरी सामाजिक सञ्जालमार्फत् प्रसारण गरी ग्लोबल मनी विकको सप्ताह सफलतापूर्वक सम्पन्न गरेको बताएको छ।

Total Page Visits: 91 - Today Page Visits: 4
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्