Sunday, May 19Nepal News Portal
Shadow

रियलमीको रियलमी सि–५५ अब छुट मुल्यमा उपलब्ध


रियलमीको रियलमी सि–५५ अब छुट मुल्यमा उपलब्ध हुने भएको छ । पहिलाको तुलनामा झन्डै ६ हजार रुपैंयाले कम गरेर रियलमी सिको मूल्य अब १५ हजार ४९९ रुपैयाँ पर्ने जानकारी दिइएको छ।

कम्पनीकाअनुसार २१,९९९ मा उपलब्ध रहेको ६ जिबि ६४ जिबि स्टोरेज भेरियन्टको मूल्य अहिले रु.१५,४९९ हुने भएको छ । रियलमी सि–५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ एमपिको क्यामरा हो । त्यस्तै यसमा सेल्फी क्यामराको कुरा गर्नुपर्दा ८ एमपिको लेन्स छ जसले १०८० पि को भिडियो रेकर्ड गर्न सक्छ ।

रियलमी सि–५५ मा ५ हजार एमएचको शक्तिशाली ब्याट्री राखिएको छ जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ ।

रियलमी सि–५५ मा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ । ६४ बिटको सिपियु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सि ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुन्छ, भन्नाले मोबाइल तातिने समस्या कम हुन्छ । रियलमी सि–५५ को ६ जिबि ६४ जिबि स्टोरेज भेरियन्ट अब मात्र रु.१५,४९९ मा उपलब्ध छ ।

Total Page Visits: 169 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्