Saturday, April 27Nepal News Portal
Shadow

८ महिनामा आयात निर्यात दुवै घट्यो


काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा आयात र निर्यात दुवै घटेको छ । ८ महिनामा १० खर्बभन्दा बढीको वस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्म १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आयात २ दशमलव ६६ प्रतिशत आयात घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो ।

त्यस्तै, आयातसँगै निर्यात पनि घटेको छ । चालु आवको ८ महिनामा निर्यात ३ दशमलव ९९ प्रतिशतले घटेको हो । चालु आवको ८ महिनामा १ खर्ब ६१ करोड रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात १ खर्ब ४ अर्ब रुपैयाँको भएको थियो ।

यो अवधिमा नेपालको ब्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २ दशमलव ५२ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो ।

यो अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत आवको सोहि अवधिको तुलनामा यो २ दशमलव ७८ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा नेपालको वैदेशिक व्यापार ११ खर्ब ६३ अर्ब १८ करोड रहेको थियो ।

Total Page Visits: 43 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्