Thursday, May 9Nepal News Portal
Shadow

सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध दिइन् प्रहरीमा जाहेरी


काठमाडौं, (ससं) । बिबिसीको प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन्।

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिएका छन् ।

जाहेरी दर्ता भइसकेको छ। पक्राउ पुर्जी लिन टोली अदालत गएको छ, एसएसपी सिंहले भने, पुर्जी आएपछि उनलाई पक्राउ गर्छौं।
सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएको उनले बताए।
सपनाले शुक्रबार नै जाहेरी दिन खोजेकी थिइन्। शुक्रबार र शनिबार सार्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसएसपी सिंहले बताए।

उनका अनुसार बस्नेत अहिले काठमाडौं बाहिर छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। सोही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छोडेर सपना घर फर्किएकी थिइन्।

Total Page Visits: 464 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्