Monday, May 20Nepal News Portal
Shadow

निषेधाज्ञामा पनि रोकिएन नक्कली ब्राण्डको बिगबिगि


काठमाडौं । बजारमा चलेका र स्थापित ब्राण्डलाई मिल्दोजुल्दो बनाएर व्यापार गर्नेको बिगबिगि निषेधाज्ञामा कमी रहेको छैन । सरकारी निकायले वेलाबेलामा गर्ने अनुगमन फितलो हुने र कडा कारवाहीसहितको कानून नहुँदा नक्कली सामान बजारमा छ्यापछ्प्ती हुने गरेका छन् । अनुगमन गर्दा पनि सरकारी निकायले चाडाबाडमा मात्रै सिमिति हुँदा अन्य समयमा हुने बेवास्थाकै कारण पनि टेडमार्कको चोरी हुने गरेको र नक्कली सामानबाट उपभोक्ता ठगिने क्रम रोकिएको छैन् ।

एउटा कम्पनीसँग मिल्दोजुल्दो ट्रेडमार्क, डिजाइन र प्याटेन्ट चोरी हुने र ग्राहकलाई ठगी गरेर छोटो समयमा नै कमाउन खोज्नेहरूले विकृति फैलाउने गरेका छन् । उद्योग विभागका अनुसार हालसम्म २५० भन्दा बढी ट्रेडमार्क, डिजाइन र प्याटेन्ट चोरीको उजुरी परेको छ । एक कम्पनीको ट्रेडमार्क, डिजाइन र प्याटेन्ट (बौद्धिक सम्पत्ति) अर्को कम्पनीले नक्कल गर्ने प्रवृत्ति पनि बढिरहेको विभागमा परेको उजुरीले देखाउँछ ।

बजारमा कोकाकोलाको ब्राण्डसँग मिल्ने कोजकोला, फ्यान्टासँग मिल्ने फ्यान्टाष्टिक, स्पाइडसँग मिल्ने स्पाउड, उपकार ब्राण्डसँग मिल्ने ओमकारसहितका विभिन्न ब्राण्डसँग जुझाएर प्रोडक्ट उत्पादन गर्ने र बजारमै पठाएको भन्दै उद्योगविभागदेखि वाणिज्य विभागसम्म गुनासो पुगेको छ । उजुरीको सुनुवाई गर्ने निकाय उद्योग विभाग भएपनि गुणस्तरमा लापवाही र उपभोक्ता ठगी गरेको भन्दै वाणिज्य विभागसम्म नै उजुरी पुगेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार शुक्रबारसम्ममा गरिएको एक अनुगमनबाट ८२ वटा व्यापारिक फर्म कारावाहीमा परेको छन् । ३६ फर्मलाई ७ लाख ३७ हजार जरीवाना गरिएको र ४५ वटालाई अन्य कारवाही पनि गरिएको छ ।

Total Page Visits: 1339 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्