Friday, May 10Nepal News Portal
Shadow

ग्रामीण विकास लघुवित्तको नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा चण्डी घिमिरे


काठमाडौं । ग्रामीण विकास लघुवित्तको नयाँ सञ्चालक समिति चयन भएको छ । चयन भएको छ । भदौ ५ गते सम्पन्न संस्थाको वार्षिक साधारण सभाले सञ्चालक समितिमा अध्यक्ष सहित ६ जनालाई चयन गरेको हो ।

जसमध्ये अध्यक्षमा चण्डी प्रसाद घिमिरेले अध्यक्षको कार्यभार सम्हाल्ने छन् । नेपाल सरकार अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा आएका घिमिरे संस्थापक समूहको तर्फबाट अध्यक्ष पदमा चयन भएका हुन् ।

त्यसैगरी, सुदिप फुयाल, लेखनाथ भुषाल र शिवहरी दंगाल पनि संस्थापक समूहबाट सञ्चालकमा नियुक्त भएका छन् ।

साथै, सर्वसाधारण समूहको तर्फबाट भरतराज कोइराला र मनोज कुमार खड्का संस्थाको सञ्चालकमा चयन भएका छन् ।

Total Page Visits: 956 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्